अरब सागरमा भारतीय नौसेनाको निगरानी जारी | Khabarhub Khabarhub

अरब सागरमा भारतीय नौसेनाको निगरानी जारी


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले समुद्री सुरक्षाका लागि उत्तरी तथा मध्य अरब सागरमा नौसैनिक निगरानीलाई जारी राखेको जनाएको छ । भारतीय रक्षा मन्त्रालयले उत्तरी तथा मध्य अरब सागरका साथै आदेनको खाडीमा व्यवसायिक जहाज र नाविकहरुको सुरक्षालाई मध्यनजर गर्दै समुद्री गस्तीलाई कायमै राखेको जनाएको हो ।

सो क्षेत्रमा भारतीय नौसेनाका पानीजहाज र युद्धपोतसँगै हवाई गस्ती गर्न नौसैनिक लडाकु विमानको पनि प्रयोग गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

त्यसबाहेक भारतीय नौसेनाले तटरक्षक बलसँग सहकार्य गरी आफ्नो अधिनमा रहेको आर्थिक क्षेत्र (ईईजेड) मा उच्च सुरक्षा सतर्कता अपनाएको जनाइएको छ । पछिल्लो समय अरब सागरको क्षेत्रमा व्यवसायिक जहाजलाई लक्षित गरी आक्रमण भएसँगै भारतले यस्तो कदम चालेको हो ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  २ : ५७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’