स्थानीय उत्पादनलाई निर्यात योग्य बनाउनुपर्छ : उपप्रमुख डंगोल | Khabarhub Khabarhub

स्थानीय उत्पादनलाई निर्यात योग्य बनाउनुपर्छ : उपप्रमुख डंगोल


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले रैथाने सीप अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन महानगरले काम गरिरहेको बताएकी छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २३ले शनिबारदेखि सुरु गरेको ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक ५ दिने तालिम उद्घाटन गर्दै उनले रैथाने सीपलाई उद्यमशील बनाउने, उद्यमलाई विकास गर्दै उत्पादनमा गुणस्तरीयता, आकर्षक प्याकेजिङ् तथा प्रवद्धनको चक्रबाट अन्तरराष्ट्रिय बजारमा पु¥याउन आफूहरुले काम गरिरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘अन्तरराष्ट्रिय बजार योग्य उत्पादन (सामान) भइकन पनि आकर्षक प्याकेजिङ् र प्रवर्धनको सिप नजानेका कारण उचित मूल्य र ठाउँ पाएका छैनन् । यस्ता उत्पादनको प्याकेजिङ्, गुणस्तर कायम गर्ने विधि, बजारीकरण सम्बन्धी सिप प्रदान गर्दा निर्यातमा प्रोत्साहन हुने हाम्रो विश्वाश हो ।’

तालिमपछि सोच र जीवनशैलीमा परिवर्तन आउने उनको विश्वास छ । उनले भनिन्, ‘उद्यम गर्ने शैलीमा सुधार भएर सहज हुनेछ । व्यापार सञ्जाल बढ्नेछ । यसबाट समग्र आयमा वृद्धि हुनेछ भन्ने अपेक्षा गरेका छौँ ।’

दुई सय जना वडाबासीलाई तालिम दिएर स्थानीय उत्पादनलाई निर्यातमा प्रोत्साहन गर्ने योजनाअनुरुप तालिम थालिएको वडा नं २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिए । ‘पहिलो समूहमा २० जनालाई सहभागी गराएका छौँ । वडा वडाहुँदै सबै महानगरबासीलाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम दिन्छौँ । यसबाट आय र रोजगारीका लागि अवसर सिर्जना हुन्छन् । यी कार्यक्रम प्राथमिकतामा छन् ’ महर्जनले भने ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले तालिममा प्रस्तुतिकरण गर्दै, सामग्री उत्पादन गर्दागर्दै त्यसका उपभोक्ताहरुलाई सामग्रीका विषयमा जानकारी दिने योजना बनाउनु पर्ने बताए । सहभागीले, आफ्ना अभिभावकका उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा लैजान सहयोग गर्ने अपेक्षा गरिएको वडा सचिव प्रमोद अधिकारीले जानकारी दिए।

तालिममा बजारको मागका विषयमा जानकारीतथा सूचना लिने, माग पूरा गराउन आवश्यक पर्ने उत्पादन प्रक्रिया र गुणस्तर कायम गराउने, आकर्षक प्याकेजिङ्, लेभलिङ्ग, बजारीकरणको सिप, सामान निर्यात गरिने देशको वाणिज्य नीति, सामानको मूल्य निर्धारण, कर तथा सुविधा जस्ता विषयमा थाहा पाउने, उत्पादित बस्तुको मेला र प्रदर्शनी गर्नेलगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक सिप सिकाइनेछ ।

तालिम हरेक शनिवार विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्नेछ । वडाले यस अघि सामाजिक विकासको काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रम माग गर्ने, सञ्चालन गर्ने, प्रतिवेदन दिने, कार्यक्रम फस्र्योट गर्ने प्रक्रियाका विषयमा अभिमुखीकरण तालिम र विपद व्यवस्थापन क्षमता विकास तालिम सञ्चालन गरिसकेको छ । वडाबासीको क्षमता विकास गराउन सञ्चालन गरिएको यो तेस्रो समूहको तालिम हो ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १० : ३७ बजे

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे ३ घण्टादेखि ठप्प, लाइटिङको समस्या अझै भएन समाधान

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण