राष्ट्रियसभामा मिलेन गठबन्धनको भागबण्डा, आइतबार टुंग्याउने दाबी | Khabarhub Khabarhub

राष्ट्रियसभामा मिलेन गठबन्धनको भागबण्डा, आइतबार टुंग्याउने दाबी


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राती सम्पन्न सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन भएको छ । राष्ट्रियसभा निर्वाचनको सीट बाँडफाँडमा कुरा नमिलेपछि बैठक बिना निष्कर्ष सकिएको हो ।

बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक सकारात्मक भए पनि अन्तिम टुंगोमा पुग्ने सकेन । आइतबार बिहान बस्ने अर्को बैठकले सीट बाँडफाँड टुङ्गो लगाउने उनले जानकारी दिए । ‘आजको बैठकमा धेरै कुरा मिलिसकेको छ । केही कुरामा सहमति हुन बाँकी छ । भोलि बस्ने बैठकमा सबै कुरो टुंगो लाग्ने छ ’ लेखकले भने ।

गठबन्धनमा आबद्ध दलहरुले राष्ट्रिय सभामा रिक्त सिटभन्दा बढी दाबी गरेपछि कुरा मिल्न नसकेको हो । स्रोत अनुसार राष्ट्रिय जनमोर्चाले पनि १ सिटमा दाबी गरेको छ । कांग्रेसले ११ सिटमा आफ्नो दाबी कायमै राखेको छ । दुई सिट पाउने लगभग पक्का भएपनि जसपाले तीन सिटमा दाबी गरेको छ ।

नागरिक उन्मुक्ति, जनमत र जनमोर्चालाई १–१ सिट दिन गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस तयार देखिएको छैन ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायत गठबन्धनमा आबद्ध दलका नेताहरुको सहभागिता थियो ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

राष्ट्रियसभामा आगामी फागुन २१ गतेबाट अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ । जसमा एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् भने १९ जना मतदानबाट चुनिने छन् ।

यो पनि…

राष्ट्रियसभा निर्वाचनबारे राप्रपाले सत्ता गठबन्धनसँग छलफल गर्ने

राष्ट्रियसभा निर्वाचन : कसरी हुन्छ सिटको पँजनी ?

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ११ : ५५ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ