राष्ट्रियसभामा मिलेन गठबन्धनको भागबण्डा, आइतबार टुंग्याउने दाबी « Khabarhub

राष्ट्रियसभामा मिलेन गठबन्धनको भागबण्डा, आइतबार टुंग्याउने दाबी


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राती सम्पन्न सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन भएको छ । राष्ट्रियसभा निर्वाचनको सीट बाँडफाँडमा कुरा नमिलेपछि बैठक बिना निष्कर्ष सकिएको हो ।

बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक सकारात्मक भए पनि अन्तिम टुंगोमा पुग्ने सकेन । आइतबार बिहान बस्ने अर्को बैठकले सीट बाँडफाँड टुङ्गो लगाउने उनले जानकारी दिए । ‘आजको बैठकमा धेरै कुरा मिलिसकेको छ । केही कुरामा सहमति हुन बाँकी छ । भोलि बस्ने बैठकमा सबै कुरो टुंगो लाग्ने छ ’ लेखकले भने ।

गठबन्धनमा आबद्ध दलहरुले राष्ट्रिय सभामा रिक्त सिटभन्दा बढी दाबी गरेपछि कुरा मिल्न नसकेको हो । स्रोत अनुसार राष्ट्रिय जनमोर्चाले पनि १ सिटमा दाबी गरेको छ । कांग्रेसले ११ सिटमा आफ्नो दाबी कायमै राखेको छ । दुई सिट पाउने लगभग पक्का भएपनि जसपाले तीन सिटमा दाबी गरेको छ ।

नागरिक उन्मुक्ति, जनमत र जनमोर्चालाई १–१ सिट दिन गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस तयार देखिएको छैन ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायत गठबन्धनमा आबद्ध दलका नेताहरुको सहभागिता थियो ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

राष्ट्रियसभामा आगामी फागुन २१ गतेबाट अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ । जसमा एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् भने १९ जना मतदानबाट चुनिने छन् ।

यो पनि…

राष्ट्रियसभा निर्वाचनबारे राप्रपाले सत्ता गठबन्धनसँग छलफल गर्ने

राष्ट्रियसभा निर्वाचन : कसरी हुन्छ सिटको पँजनी ?

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ११ : ५५ बजे

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक