भरतपुर महानगरद्वारा निजी अस्पतालको अनुगमन « Khabarhub

भरतपुर महानगरद्वारा निजी अस्पतालको अनुगमन


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरु गरेको छ । स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो ।

भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वको टोलीले अस्पतालको भौतिक संरचना, शय्या, औषधि, उपकरणको अवस्था, लिफ्ट वा अपाङ्गतामैत्री ¥याम्प, पर्याप्त पार्किङ भए÷नभएकोलगायत विषयमा स्थलगत निरीक्षण गरेको छ ।

सो अवसरमा उपप्रमुख अधिकारीले भने, ‘मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सुधार हुन जरुरी छ । बहानाबाजी चल्दैन, कानुनभन्दा माथि कोही छैन ।’

अनुगमन क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौड्यालले अस्पताललाई व्यवस्थापन गर्न र कानुनी दायरामा ल्याउनका लागि अनुगमन सुरु गरिएको उल्लेख गरे । ‘भरतपुरका केही अस्पताल बिना इजाजत सञ्चालन गरेको पाइयो’, उनले भने, ‘त्यसैलाई खबरदारी गर्न हामी अनुगमनमा निस्केका हौँ ।’

भरतपुर महानगरपालिका स्वास्थ्य संस्था दर्ता अनुमति नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ ले महानगरभित्र सञ्चालन हुने निजी अस्पताल, क्लिनिक र प्रयोगशालालाई मापदण्डअनुसार सञ्चालन गर्न अनुमति दिने व्यवस्था रहेको छ ।

जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत दीपक सुवेदीका अनुसार भरतपुर महानगरपालिकामा अस्पताल, क्लिनिक र प्रयोगशाला गरी ४९ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । यसमध्ये अस्पताल चार, बाँकी ४५ क्लिनिक र प्रयोगशाला छन् ।

त्यस्तै अहिले महानगरपालिकामा तीन अस्पताल, ४३ क्लिनिक तथा प्रयोगशालाले अनुमतिका लागि निवेदन दिएका छन् ।

स्थानीयस्तरमा १५ शय्यासम्मको अस्पताल सञ्चालन गर्न स्थानीय सरकारलाई अनुमति दिइएको छ भने प्रदेश सरकारले दुई सय शय्यासम्मको अस्पताल सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

दुई सय शय्याभन्दा माथिको अस्पताल सञ्चालन गर्न सङ्घीय सरकारलाई अधिकार दिइएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ६ : ४५ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ