ब्रेकेल प्लेक्सेस : जोसमा होस नराखी मोटरसाइकल चलाउँदाको परिणाम | Khabarhub Khabarhub

ब्रेकेल प्लेक्सेस : जोसमा होस नराखी मोटरसाइकल चलाउँदाको परिणाम

‘युवा उमेरमा दुर्घटनापछि हात नचल्ने भएमा त्यसलाई ब्रेकेल प्लेक्सेस भनिन्छ’


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – मोटरसाइकलको संरचना बिगारेर अरुभन्दा फरक बन्ने होडमा सडकको मर्यादा भंग गरेर सवारी चलाउनेबाट तपाईंहरु कति आजित हुनुहुन्छ ? प्लस टु जनेरेसनले गल्ली, चोक र मुख्य सडकमा चलाउने यस्ता साधन ट्राफिक प्रहरीकै लागि टाउको दुखाई बनेका छन्। प्रहरीले यस्ता सवारी चलाउन नदिने भन्न पनि छोड्दैन, किशोरहरुले आफ्नो सुर पनि छोड्दैनन। हो, जोसमा होस गुमाउँदा हुने सवारी दुर्घटनाले जिन्दगी न गरी खानु , न मरी जानु बनाएकाहरुले दर्दनाक अवस्था झेलिरहेका छन्।

पछिल्लो समय युवाहरुले तीव्र गतिमा मोटरसाइकल चलाउँदा धेरै दुर्घटना हुने गरेका छन्। कतिको ज्यानै जाने खतरा हुन्छ भने कति अङगभङग भएर बस्नुपरेको अवस्था छ। मोटरसाइकल दुर्घटना हुँदा ब्रेकेल प्लेक्सेसमा चोट लागेर हात नचल्ने समस्या भएका पनि धेरै छन्, जसलाई ब्रेकेल प्लेक्सेस इञ्जुरी भनिन्छ। यस्तो समस्या १५ देखि २० वर्षका युवामा बढी हुने गरेको छ। जसलाई सर्जरी र विभिन्न थेरापीका माध्यमबाट निको पार्न सकिने चिकित्सक बताउँछन्। ब्रेकेल प्लेक्सेस इञ्जुरी कस्तो समस्या हो ? ब्रेकेल प्लेक्सेस इञ्जुरी र प्यारालाइसिसमा के फरक छ ? यसको उपचार विधि के छ ? भन्ने विषयमा अर्थोपेडिक एण्ड ह्याण्ड डाक्टर लोकराज चौरसियासँग गरिएको कुराकानी:

ब्रेकेल प्लेक्सेस भनेको १५ देखि २० वर्षको उमेरमा हुने समस्या हो। यो उमेरका युवाहरु खास गरेर स्पीडमा मोटरसाइकल चलाउने गर्छन्। अनियन्त्रित भएर जुन दुर्घटना हुन्छ। त्यसबाट एउटा हात नचल्ने वा दुइवटै हात नचल्ने हुन्छ जसलाई ब्रेकेल प्लेक्सेस भनिन्छ।

ब्रेकेल प्लेक्सेस इञ्जुरी कस्तो समस्या हो ?
ब्रेकेल प्लेक्सेस भनेको १५ देखि २० वर्षको उमेरमा हुने समस्या हो। यो उमेरका युवाहरु खास गरेर स्पीडमा मोटरसाइकल चलाउने गर्छन्। अनियन्त्रित भएर जुन दुर्घटना हुन्छ। त्यसबाट एउटा हात नचल्ने वा दुइवटै हात नचल्ने हुन्छ जसलाई ब्रेकेल प्लेक्सेस भनिन्छ। अलि बिस्तारमा बुझाउनु पर्दा हाम्रो पुरै शरीरलाई ब्रेनले नियन्त्रण गरेको हुन्छ। ब्रेनबाट एउटा मोटो नसा हात र गर्दनको बीचमा आएको हुन्छ। त्यस्तै अन्य ३२ वटा नसा हुन्छन्, जसले पुरै शरीरलाई नियन्त्रण गरिरहेका हुन्छन्। त्यसमध्ये मुख्य ५ वटा नसाको समूहलाई ब्रेकेल प्लेक्सेस भनिन्छ। त्यो भागमा चोटपटक लाग्यो भने त्यसैलाई ब्रेकेल प्लेक्सेस इञ्जुरी भनिन्छ।

चोटपटक लाग्दा मात्रै यसमा समस्या देखिन्छ या अन्य कारणले पनि हात नचल्ने हुन्छ ?
खासमा त चोटपटक लाग्दा मात्रै यो समस्या हुने हो। कहिलेकाहीँ बच्चाहरुमा पनि यो समस्या हुन्छ। सुत्केरी हुँदा बच्चालाई हातले तान्नुपर्ने अवस्था आयो भने तान्ने बेलामा ब्रेकेल प्लेक्सेसमा भएका नसाहरु ड्यामेज भएर हात नचल्ने समस्या हुन्छ।

कस्ता लक्षणहरु देखिए भने ब्रेकेल प्लेक्सेस इञ्जुरी भएको मान्ने ?
यसको मुख्य लक्षण हात चल्दैन। थोरै मात्रै समस्या छ भने हातको कुनै एउटा भाग चल्दैन। ब्रेकेल प्लेक्सेस पुरै ड्यामेज भएको अवस्थामा हात कत्ति पनि चल्दैन।

ब्रेकेल प्लेक्सेस इञ्जुरी ब्रेकेल प्लेक्सेसलाई जोड्ने नसामा लाग्ने चोट हो। त्यसले मस्तिष्कलाई केही पनि असर गर्दैन। खाली हात मात्रै नचल्ने हुन्छ।

ब्रेकेल प्लेक्सेस इञ्जुरी र प्यारालाइसिसमा के फरक छ ?
प्यारालाइसिस भनेको ब्रेनमा भएको पक्षघात हो। यसमा पुरै ब्रेनले काम गर्न छोड्छ। तर ब्रेकेल प्लेक्सेस इञ्जुरी ब्रेकेल प्लेक्सेसलाई जोड्ने नसामा लाग्ने चोट हो। त्यसले मस्तिष्कलाई केही पनि असर गर्दैन। खाली हात मात्रै नचल्ने हुन्छ।

यसको उपचार विधि के छ ?
यसको उपचारको पहिलो चरण अर्थात तीन महिनासम्म दुखाइ कम गर्ने मात्रै उपचार हुन्छ। त्यसका साथै शरीरको नचलेको भागका नसाहरु जाम नहोउन भन्नका लागि फिजियो थेरापी गरिन्छ। त्यसपछि एमआरआई गरिन्छ। चोटपटक लागेको एक महिना पछि कम्तिमा थ्री टेस्लाको एमआरआई गराउनुपर्छ। तर अहिले धेरैले चोटपटक लाग्ने बित्तिकै एमआरआई गराउँछन्। जसले गर्दा खर्च पनि धेरै हुने र प्रभावकारी पनि हुँदैन। एमआरआई पछि समस्या कस्तो छ, त्यो अनुसारको उपचार सुरु गरिन्छ।

यस्तो समस्याको उपचार नेपालमा नयाँ हो ?
इतिहास हेर्दा सन १९९४ मा पश्चिमा देशहरुमा यसको उपचार सुरु भएको हो। नेपालमा भने १० वर्ष अगाडिदेखि यसको उपचार सुरु गरिए पनि खासै प्रभावकारी भएको थिएन। अहिले ५/६ वर्ष जति भयो अलि प्रभावकारी भइरहेको छ।

ब्रेकेल प्लेक्सेस इञ्जुरीको समस्या लिएर बिरामी कत्तिको आउने गरेका छन् ?
ब्रेकेल प्लेक्सेस लगायत हातको एउटा एउटा नसाको समस्या लिएर पनि धेरै बिरामीहरु आइरहेका छन्। परिणाम पनि राम्रै आइरहेको छ।

मुख्य ५ वटा नसाको समूह ब्रेकेल प्लेक्सेस हो। यसमा आंशिक चोट हो भने त पहिलेकै अवस्थामा फर्किएर सबै काम गर्नसक्ने हुन्छन्। तर पूर्ण ब्रेकेल प्लेक्सेस इञ्जुरी भएको छ भने पूर्णरुपमा निको हुँदैनन्।

ब्रेकेल प्लेक्सेस इञ्जुरीको समस्या लिएर आएका सबै बिरामी पहिलेकै अवस्थामा फर्किएका छन् ?
मुख्य ५ वटा नसाको समूह ब्रेकेल प्लेक्सेस हो। यसमा आंशिक चोट हो भने त पहिलेकै अवस्थामा फर्किएर सबै काम गर्नसक्ने हुन्छन्। तर पूर्ण ब्रेकेल प्लेक्सेस इञ्जुरी भएको छ भने पूर्णरुपमा निको हुँदैनन्। तर आफ्नो दैनिक क्रियाकलाप आफै गर्नसक्ने हुन्छन्।

नेपालका कुन–कुन ठाउँमा यस्तो समस्याको उपचार भइरहेको छ ?
काठमाडौं उपत्यकामा कीर्तिपुर अस्पताल, टिचिङ, केएमसी लगायतका अस्पतालमा उपचार भइरहेको छ।

उपचारपछि पहिलेकै अवस्थामा फर्किन कति समय लाग्छ ?
नसाहरु एकदमै ढिलो रिकभर हुन्छन्। यसको उपचारका लागि सर्जरीसँगै थेरापी पनि धेरै गर्नुपर्ने हुन्छ। त्यसैले परिणाम आउन डेढदेखि दुई वर्ष समय लाग्नसक्छ।

यसको उपचार लामो समय गर्नुपर्ने भएकाले खर्चिलो नै छ। यसको अप्रेशन कम्तिमा ६ घण्टा लाग्छ। अप्रेशनको बेलामा लाग्ने औषधी मात्रै ५०–६० हजारसम्मको लाग्नसक्छ।

यसको उपचार कत्तिको खर्चिलो छ ?
यसको उपचार लामो समय गर्नुपर्ने भएकाले खर्चिलो नै छ। अन्य अप्रेशनहरु गर्दा आधा घण्टा १ घण्टा लाग्छ भने यस्को अप्रेशन कम्तिमा पनि ६ घण्टा लाग्छ। अप्रेशनको बेलामा लाग्ने औषधीहरु मात्रै ५०–६० हजारसम्मको लाग्नसक्छ। अस्पताल अनुसारको अप्रेशन चार्ज, यो सबै कुराहरु जोड्दा ४ देखि ५ लाखसम्म अहिले उपचार भएको पाइएको छ।

अन्तमा यहाँको सुझाव के छ ?
युवा पिँढीहरुले मोटरसाइकल चलाउँदा धेरै स्पीडमा नचलाऔं। जाँड रक्सी लगायत लागूपदार्थको सेवन नगरौँ। त्यस्तै बच्चामा पनि यस्तो समस्या भएका घटना धेरै आएका छन्। त्यसैले आमाले पनि सुत्केरी गराउँदा राम्रो र भरपर्दो अस्पताल जाने गरौं।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : ०५ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार