सहकारीले बचतकर्ताको विश्वास जित्नुपर्छ : मुख्यमन्त्री शर्मा « Khabarhub

सहकारीले बचतकर्ताको विश्वास जित्नुपर्छ : मुख्यमन्त्री शर्मा


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा सोमबार आयोजित ‘सहकारी संस्था समस्या समाधान र सुशासन प्रवर्द्धन’ विषयक प्रदेशस्तरीय कार्यशालामा उनले सहकारीमार्फत जनपरिचालन गरेर विकासमा योगदान दिन सकिने बताए ।

उनले भने, ‘सहकारीलाई जनपरिचालनको माध्यम बनाएर अघि बढाउन सके आयआर्जनका क्रियाकलाप अगाडि बढ्न सक्छन् । संविधानले नै समाजवादको कल्पना गरेकाले सहकारीलाई विकासमा योगदान पु¥याउने संस्थाका रूपमा विस्तार गर्न सकिन्छ ।’

आर्थिक सम्पन्नताले सुख र समाजिक न्यायले खुसी प्राप्त गर्न सकिने भएकाले आफूले त्यसलाई ध्यान दिएर काम गरिरहेको जनाउँदै मुख्यमन्त्री शर्माले सहकारीका क्षेत्रमा देखिएका समस्या तीन तहका सरकारले आवश्यक नीतिमार्फत समाधान गर्न सकिने बताए ।

‘यसमा देखिएका समस्या, कमजोर व्यवस्थापन आदिमा निर्मम भएर समाधान गरेर अघि बढ्नुपर्दछ’ उनले भने, ‘कर्णालीमा सहकारीमा सुशासन कायम गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा सहकार्य गरेर मात्र सम्भव छ ।’

सहकारी, निजी र सरकारी निकायको सहकार्यबाट आर्थिक क्रियाकलापलाई चलायमान गर्न राज्यले तीनखम्बे नीति अवलम्बन गरेको मुख्यमन्त्री शर्माले बताए ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले अहिलेको अवस्थामा सहकारीमा आबद्ध सदस्यहरूको विश्वास जित्नु सहकारीका लागि चुनौतीपूर्ण भएको बताए ।

उनले भने, ‘सहकारीका सिद्धान्तविपरीतका कार्यले सहकारीप्रति बचतकर्ताको विश्वास घट्दै गएको छ । पुँजी, प्रविधि र प्रतिभाको केन्द्रीकरण सहकारीलाई बनाउँदै लगेर नीति र व्यवहारिक समस्या समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : २५ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने