शान्तिबाटीकामा काठमाडौं महानगरको ताला « Khabarhub

शान्तिबाटीकामा काठमाडौं महानगरको ताला

धर्नामा बसेकाहरूलाई हटाइयो


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरीले काठमाडौंको शान्तिबाटीकामा धर्नामा बसेकाहरूलाई हटाएको छ ।

मंगलबार शान्तिबाटीकामा धर्नामा बसेकाहरूको सबै सामानहरू निकालेर उनीहरूलाई धर्नास्थलबाट हटाएको हो । काठमाडौंको माइतिघरबाट हटाएपछि बिभिन्न समूहहरू शान्तिबाटीकामा धर्ना बस्दै आएका थिए भने केही समूह सोही स्थानमा टेन्ट राखेर खाने सुत्ने गर्दै आएका थिए ।

शान्तिबाटीकामा धर्नाका साथै बसोबासको स्थान बनाएको र त्यसका कारण रानीपोखरी र शान्तिबाटीका क्षेत्रमा फोहर भएकाले हटाइएको काठमाडौं महानगरले जनाएको छ । धर्नाका बसेकाहरूले भने महानगरको कदमको विरोध जनाएका छन् । राज्यलाई आफूहरूको मागका बारेमा जानकारी गराउन धर्नामा बस्दा बिना  जानकारी हटाइएको उनीहरूको भनाइ छ । 

उनीहरूले महानगरले आफ्ना सामान जफत गरेको भन्दै आक्रोश जनाएका छन् । धर्नामा बसेकाहरूलाई हटाएपछि महानगरले शान्तिबाटीकामा ताला लगाएको छ । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १२ : ५४ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन