बागलुङका आठ ठूला सडक स्तरोन्नति  | Khabarhub Khabarhub

बागलुङका आठ ठूला सडक स्तरोन्नति 


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । संघीय सरकारअन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत स्तरोन्नति हुन थालेका हुन् ।

‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गतका दुई वटासहित अन्य ठूला छ सडक स्तरोन्नति गर्न थालिएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिए। 

उनका अनुसार ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत क्षेत्र नं १ को बागलुङ–सिगाना–बरेङ–शान्तिपुर र क्षेत्र नं २ अन्तर्गत मल्म–पाण्डवखानी–रणसिंहकिटेनी हुँदै प्यूठान जोड्ने सडक स्तरोन्नति गर्न लागिएको हो ।

जिल्लामा ठूला सडक मानिने बागलु–बेनी सडक, पाखुट्टे–झिम्पा–निसी सडक, सहिद मार्ग, डोठे ताल हुँदै भकुण्डे रायडाँडा हुँदै जैमिनी जोड्ने सडक, बडिगाड–रणसिंहकिटेनी सडक, दमेक–दूर्लेबेसी सडक स्तरोन्नतिका लागि करिब रु सात करोड विनियोजन भएको इञ्जिनियर अधिकारीले जानकारी दिए । 

अधिकांश ठेक्का सम्झौता भएर काम सुरु हुन लागेको उनको भनाइ छ । सडक फराकिलो बनाउने, नाली निर्माण र कतै ढलान गरिने उनले बताए। 

‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत क्षेत्र नं १ को बागलुङ–सिगाना–बरेङ–शान्तिपुरका लागि रु एक करोड, क्षेत्र नं २ अन्तर्गत मल्म–पाण्डवखानी–रणसिंहकिटेनीका लागि रु एक करोड, पाखुट्टे–झिम्पा–निसी सडकका लागि रु ५० लाख, डोठे ताल हुँदै भकुण्डे रायडाँडा हुँदै जैमिनी जोड्ने सडकका लागि रु एक करोड, बडिगाड–रणसिंहकिटेनी सडकका लागि रु ५० लाख सहिदमार्ग स्तरोन्नति रु एक करोड, दमेक–दूर्लेबेसी सडकका लागि रु एक करोड, बागलुङ–बेनी सडक मर्मतका लागि रु एक करोड ३३ लाख विनियोजन भएर कार्यान्वयनमा गएको उनको भनाइ छ ।

पालिका केन्द्र गलकोटदेखि पाण्डवखानी रमुवा ३५ किलोमिटर टाढा छ । अहिलेसम्म सडक स्तरोन्नति नहुँदा प्रशासनिक कामका लागि पालिका केन्द्र आउन पाँच घन्टा र जिल्ला सदरमुकाम पुग्न आठ घन्टा लाग्ने स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  २ : ११ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी