उच्चका तीनसहित १२ जना न्यायाधीशको सरुवा (सूचीसहित) | Khabarhub Khabarhub

उच्चका तीनसहित १२ जना न्यायाधीशको सरुवा (सूचीसहित)


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्याय परिषद्ले १२ जना न्यायाधीशको सरुवा गरेको छ । परिषद्को आज बसेको बैठकले तीन जना उच्च अदालतका न्यायाधीशसहित १२ जना न्यायाधीशको सरुवा गरेको हो ।

उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा काज सरुवपा भएको छ । यस्तै सुर्खेतकै अर्का न्यायाधीश काजीबहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलासमा र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको हो ।

कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यको ललितपुर जिल्ला अदालत, सुनसरीका हरिप्रसाद कोइरालाको कास्की र कास्कीका अवनी मैनालीको मकवानपुर जिल्ला अदालतमा सरुवा गरिएको छ ।

न्यायपरिषद्ले तेह्रथुमका जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेको पर्सा, रौतहटका तेजबहादुर खड्काको झापा र झापाका भीमबहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालतमा सरुवा गरेको छ ।

यस्तै जिल्ला अदालत डडेलधुराका न्यायाधीश दयाराम ढकालको चितवन जिल्ला अदालतमा काज सरुवा भएको छ । नवलपुर जिल्ला अदालतका बाबुराम सुवेदीको मोरङ र दाङका कुलप्रसाद पाण्डेको नवलपुर जिल्ला अदालतमा काज सरुवा भएको छ ।

बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेल्धुरा जिल्ला अदालतको जिल्ला न्यायाधीशको हैसियतमा कामकाज गर्नेगरी तोक्न पनि न्याय परिषदले सिफारिस गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : ४२ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने