भारतको पटाका कारखाना विस्फोट, आठ जनाको मृत्यु « Khabarhub

भारतको पटाका कारखाना विस्फोट, आठ जनाको मृत्यु


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतमा मंगलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी अन्य ८० जना घाइते भएका छन् । 

भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ र घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स पठाइएको छ भने सेनाको हेलिकप्टरलाई समेत बोलाइएको छ । 

वरिष्ठ जिल्ला प्रहरी अधिकारी राजेश्वरी महोबियाले मध्य प्रदेश राज्यको हरदामा कारखानामा भएको विस्फोटमा अहिलेसम्म आठ जनाको मृत्यु र करिब ८० जना घाइते भएको जानकारी दिए। उनले मृतकको सङ्ख्या बढ्नसक्ने बताए । कारखाना स्थलका तस्बिरहरूले कालो धुवाँसहितको भग्नावशेष देखाएका छन् । 

मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले विस्फोटको खबर ‘अत्यन्त दुःखद’ भएको र नजिकैका अस्पतालहरूका बर्न युनिटका चिकित्सकहरूलाई ‘आवश्यक तयारी’ गर्न बोलाइएको बताए। 

उनका अनुसार घटनास्थलमा कम्तीमा २० एम्बुलेन्स रहेको र घाइतेलाई सहयोग गर्नका लागि थप ५० एम्बुलेन्स पठाइएको छ । हरदा जिल्ला अस्पतालका सर्जन मनिष शर्माले केन्द्रमा ठूलो सङ्ख्यामा मानिस हताहत भएको बताए। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘मानिसहरूको मृत्युले म दुःखी छु ।’ उनले मृतकका परिवारलाई क्षतिपूर्तिका रूपमा दुई हजार चार सय अमेरिकी डलर र घाइतेहरूलाई छ सय डलर दिइने बताए । 

कारखानामा उद्धार कार्यमा समन्वय गरिरहेका जिल्लाका वरिष्ठ अधिकारी कैलाश चन्द पार्टेले दमकलहरूले आगो निभाउने प्रयास गरिरहेको बताए। ‘आगो अहिले पनि निभेको छैन र हामीसँग घटनास्थलमा करिब १५ दमकल र धेरै उद्धारकर्मी छन् ।’ 

उनका अनुसार कारखानामा दुई सयदेखि तीन सय मानिस काम गर्थे तर विस्फोटको समयमा कारखानाभित्र कति मानिस थिए भन्ने थाहा भएको छैन । ‘विस्फोट भएको परिसर वरपर कम्तीमा १० भवन विस्फोटको तीव्रताका कारण क्षतिग्रस्त भएका छन् ।’

मृतकहरूमा आगलागीबाट बच्ने क्रममा हडबडाहटले भाग्दा कुल्चिएर मर्नेहरू पनि रहेको एक प्रहरीले टाइम्स अफ इन्डियालाई बताएका छन् । 

भारतमा पटाका कारखानामा प्राय विस्फोट भइरहन्छन् । विशेषरूपमा हिन्दुहरूको पर्व दीपावलीको समय र विवाह समारोहमा प्रयोग गर्न भारतमा पटाका अत्यन्त लोकप्रिय छ । यद्यपि धेरै कारखाना आधारभूत सुरक्षा आवश्यकताहरू पालना गर्न र अनुमतिसहित सञ्चालन गर्न असफल छन् । 

सन् २०१९ मा पञ्जाब राज्यको बटालामा एक पटाका कारखानामा भएको विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । सोही वर्ष उत्तर प्रदेशको भदोहीमा अन्य १० जना मारिएका थिए । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ६ : ४९ बजे

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार लागिसकेको छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले  वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त

महाकालीसन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर– नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ