उद्यमशीलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्छ : ओली « Khabarhub

उद्यमशीलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्छ : ओली


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भित्रै उद्यमशीलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्ने बताएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका वडा न-४ स्थीत बुलुचोकमा झापा इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित १० मेगावाट क्षमताको ग्रीडमा जडित  सौर्य विद्युत् परियोजनाको समुद्घाटन  गर्दै ओलीले युवाहरूलाई स्वदेशमा परिचालन गर्ने गरि उद्यमशीलताको विकास गर्नुपर्ने बताएका हुन् ।  अध्यक्ष ओलीले देश विकास गर्न कृषिमा विज्ञान र प्रविधिको प्रयोग जरुरी रहेको भन्दै उर्जाको प्रयोग गरेर कृषिमा आधुनिकीकरण गर्न सकिने बताए ।

निजी क्षेत्रको सबैभन्दा ठुलो मध्ये एक यस सौर्य उर्जा परियोजना बाट उत्पादित १० मेगावाट विद्युत् माघ ९ गते देखिनै नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । र्सौय उर्जा परियोजनाका लागी झापा इनर्जी ली. ले २१ बिगाह १३ कट्ठा जमिन खरिद गरि ८५ करोडको लागतमा उच्च प्रविधियुक्त सोलार प्यानल जडान तथा आवश्यक भौतिक संरचना निर्माण गरेको हो । 

सौर्य आयोजना निर्माणका लागी संस्थापक पूंजी २५.१० करोड र बैंक कर्जा रु ५९.९० करोड वित्तिय स्रोत व्यवस्थापन गरिएको छ । उक्त सोलार प्यानल बाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने र जसबाट १२ करोड ८५ लाख वार्षिक आम्दानी हुने झापा इनर्जी लिमिटेडले जनाएको छ । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : १६ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम