विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप  | Khabarhub Khabarhub

विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप 


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको आरोप लगाएका छन् ।

मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले राजासंग संवैधानिक राजसंस्था राख्ने सहमति भएपनि तत्कालीन सात दलले सम्झौता उल्लंघन गरेको र विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइएको आरोप लगाएका हुन् । 

मुलुकलाई सनातन हिन्दु राष्ट्र बनाउन र संवैधानिक राजसंस्था कायम गर्न आफूहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए । थापाले राजनीतिक दलहरूको अकर्मण्यताका कारण मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएकाले जनताले अवस्था र व्यवस्था परिवर्तन चाहेको धारणा राखे ।

उनले सत्ताको खेलको नियम परिर्वतन नभए सम्म भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट जनताले मुक्ति नपाउने जिकिर गरे । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : २५ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३