विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप  « Khabarhub

विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप 


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र हटाइएको आरोप लगाएका छन् ।

मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले राजासंग संवैधानिक राजसंस्था राख्ने सहमति भएपनि तत्कालीन सात दलले सम्झौता उल्लंघन गरेको र विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दु राष्ट्र र राजसंस्था हटाइएको आरोप लगाएका हुन् । 

मुलुकलाई सनातन हिन्दु राष्ट्र बनाउन र संवैधानिक राजसंस्था कायम गर्न आफूहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको उनले बताए । थापाले राजनीतिक दलहरूको अकर्मण्यताका कारण मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएकाले जनताले अवस्था र व्यवस्था परिवर्तन चाहेको धारणा राखे ।

उनले सत्ताको खेलको नियम परिर्वतन नभए सम्म भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट जनताले मुक्ति नपाउने जिकिर गरे । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : २५ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान