ट्राफिक कारबाहीबाट ७९ करोड राजस्व सङ्कलन « Khabarhub

ट्राफिक कारबाहीबाट ७९ करोड राजस्व सङ्कलन


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको प्रथम छ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन भएको छ । छ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरिएको हो ।

उक्त राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु सात करोड ८७ लाख दुई हजार नौ सय ४३, मधेस प्रदेशबाट रु १० करोड पाँच लाख ५८ हजार नौ सय एक, बागमती प्रदेशबाट रु सात करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट रु आठ करोड १८ लाख ७६ हजार छ, लुम्बिनी प्रदेशबाट रु नौ करोड ३८ लाख ६४ हजार दुई, कर्णाली प्रदेशबाट रु एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट रु दुई करोड ४२ लाख ८८ हजार सङ्कलन भएको हो ।

यसैगरी ट्रक÷ट्याङकरबाट रु १५ करोड १९ लाख ९५ हजार चार सय, बस/मिनिबसबाट रु नौ करोड २० लाख पाँच सय, कार/जिप/भ्यानबाट १८ करोड रु ९० लाख ७६ हजार आड सय छ, ट्याक्टरबाट रु दुई करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट रु ३१ करोड १७ लाख ३४ हजार पाँच सय ४६ र टेम्पो तथा अन्यबाट रु दुई करोड ५३ लाख २१ हजार छ सय राजस्व सङ्कलन भएको हो ।

मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन भङ्ग गर्ने, क्षमताभन्दा बढी भार÷ यात्री राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायत कारबाहीबाट उक्त रकम सङ्कलन गरिएको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सो अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक/ट्याङकर एक लाख ७० हजार आठ सय ४२, बस÷मिनिबस एक लाख नौ हजार तीन सय ७७ वटा, कार÷जिप÷भ्यान दुई लाख ६१ हजार छ सय ३६ वटा, ट्याक्टर ४१ हजार छ सय ४१ वटा, मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार चार सय ६१ वटा रहेका छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् ।

नेपाल प्रहरीले ट्राफिक कारबाहीबाट मात्र नभइ कानुन कार्यान्वयनको क्रममा फैसला कार्यान्वयन, भन्सार छलीलगायत गैरकानुनी गतिविधि गर्नेहरूबाट पनि राजस्व सङ्कलन गर्दै आएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ८ : २० बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित