भारतलाई युरोपसँग जोड्ने आर्थिक कोरिडोर ‘निर्णायक’ हुनेछ : भारतीय वित्तमन्त्री सीतारमण « Khabarhub

भारतलाई युरोपसँग जोड्ने आर्थिक कोरिडोर ‘निर्णायक’ हुनेछ : भारतीय वित्तमन्त्री सीतारमण


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारत–मध्यपूर्व–युरोप आर्थिक कोरिडोर रणनीतिक एवम् आर्थिक हिसाबमा ‘निर्णायक’ हुने बताएकी छिन् । लोकसभामा सम्बोधन गर्दै मन्त्री सीतारमणले यस कोरिडोर भारतका लागि मात्रै नभएर अरु मुलुकहरुका लागि पनि महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

भारतीय सामाचार संस्था एएनआईका अनुसार उनले यस कोरिडोर शताब्दीऔँसम्म विश्व व्यापारको आधारमा रुपमा विद्यमान रहने पनि उल्लेख गरिन् ।

यस कोरिडोरको पहल भारतीय भूमिबाट भएको विषयमा इतिहासले पनि स्मरण गर्ने उनको भनाइ छ । उनले आगामी ५ वर्षमा भारतले अभूतपूर्व विकासको आभास गर्ने पनि बताइन् ।

गत सेप्टेम्बर महिनामा भारतमा आयोजित जी२० शिखर सम्मेलनका क्रममा भारत, अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, फ्रान्स, जर्मनी, इटाली र युरोपेली युनियन ईयूले भारत–मध्यपूर्व–युरोप आर्थिक कोरिडोरको स्थापना गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यस कोरिडोरले भारत, पश्चिम एसिया र युरोपबीच कनेक्टिभिटी विस्तार गरी आर्थिक साझेदारीलाई विस्तार गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १२ : ४० बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्