सुन्दर बन्न पुरुषले ध्यान दिनुपर्ने कुराहरू « Khabarhub

सुन्दर बन्न पुरुषले ध्यान दिनुपर्ने कुराहरू


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17k
Shares
  • change font
  • change font
  • change font

राम्रो देखिन महिलालाई मात्र नभई पुरुषलाई पनि मन लाग्छ ।  पुरुष सुन्दर र पुरुष स्टाइलिस देखिन चाहन्छन् । युवाहरू उनीहरूको कपडा जुत्ता झोला कपाल दार्हिलगायतमा खुब ध्यान दिन्छन् । परफ्युम लगाएर हिँड्न पनि उनीहरु निकै रुचाउँछन् । 

यति मात्रै हैन पुरुषहरू फेशियलदेखि वाक्सिङसम्म गर्न उत्साहित हुने गर्छन् । 

सामाजिक सञ्जालमा पनि देखिरहने नै कुरा हो कतिपय पुरुषहरूको मेकअपमा पनि निकै सौखिन देखिन्छन् । उनीले आफैले आफैलाई पनि मेकअप गरेर देखाउने गर्छन् । पुरुषले सुन्दर बन्न अपनाउन यी टिप्सहरू अपनाउन सक्छन् 

सबैभन्दा पहिलो नम्बरमा आउने कुरामा अनुहारको केयर पर्छ । यसका लागि पुरुषले सधैँ सन्सक्रिम लगाउन, ओठ फुट्न नदिन लिपबामहरु लगाउनु पर्ने टाइम्स अफ इन्डियामा उल्लेख गरिएको छ । 

-भनाई नै छ नि, पुरुषको पहिचान गर्ने भए उसको जुत्ताबाट गर्न सकिन्छ । त्यसैले पुरुषले आफ्नो जुत्ता आफ्नो इच्छाले मात्र नभई कार्यक्रम अनुसार र मौसम अनुसार पनि छनोट गर्नुपर्दछ ।

-दार्हिको काट्ने तरीका बदल्दा पनि पुरुषहरू ह्याण्डसम देखिन्छन् । 

– सुहाउँदो कपडा छान्नु पहिलो टिप्स नै हो किनकि आफ्नो बडी शेप अनुसार कपडा लगाउँदा स्टाइलिस देखिन्छ ।  

– यदि शरीरको माथिल्लो भाग चौडा छ, कम्मर र हिप माथिल्लो भागभन्दा सानो छ भने यस्तो शरीर हुने पुरुषले हिप एरियालाई पकेट वा बेल्टले डिटेलिङ दिन सक्छन् । साथै, भी नेक टिसर्ट पनि राम्रो विकल्प हुनसक्छ ।

-यदि काँध र कम्मरको चौडा बराबर छ भने यस्ता पुरुषले काँधलाई चौडा र कम्मर र हिप्सलाई थोरै साँघुरो देखाउने पहिरन लगाउनु पर्दछ । यो शारीरिक रुपमा त सम्भव छैन तर केही कट्सटाइप्सका कारण तपाईँ यस्तो गर्न सकिन्छ ।

– काँध सानो, मध्य ओभल र खुट्टा स्लिम छ भने यस्ता पुरुषले शरीरलाई लामो देखाएर आफूलाई स्लिम लुक दिनुपर्छ ।

-महिलालाई भन्दा पुरुषलाई मेकअपको बढी आवश्यकता पर्दछ । किनकि शरीरको छाला र लुकलाई उत्कृष्ट बनाउनका लागि स्पा, बडी मसाज, मेनिक्योरपेडिक्योर पनि गर्नु पर्दछ ।

 – अहिले पुरुषले लगाउने ट्रेडी ब्रासलेट चर्चित छ । बजारमा उपलब्ध लेदर कफदेखि वुडन बीड्ससम्म पुरुषका लागि विभिन्न ब्रासलेट पाइन्छ । मेटल ब्रासलेट, नोटिकल ब्रासलेट तथा बिडेड ब्रासलेट पनि राम्रा विकल्प हुन् ।

हेयरकट राम्रो हुन आवश्यक छ । साथै पुरुषले कपालको पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ । विशेष गरी चायाँ र कपाल झर्ने समस्यालाई हुन दिनु हुँदैन ।

विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ६ : २२ बजे

फिफा विश्वकप : इजिप्ट नकआउट चरणमा प्रवेश, इरानको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इजिप्ट र इरानबीचको खेल बराबरीमा सकिएको

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्