नयाँ पुस्तामा शास्त्रीय सङ्गीतको आकर्षण « Khabarhub

नयाँ पुस्तामा शास्त्रीय सङ्गीतको आकर्षण


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

परम्परागत रूपमै नेपाली भारतीय संस्कृतिबाट प्रभावित छन्। यस कारण भारतीय सङ्गीत र नेपाली सङ्गीत तथा संस्कृति एकआपसमा सम्बन्धित छन्। भारत र नेपालमा साङ्गीतिक परम्परामा आएको परिवर्तन पनि उस्तै छ। दुवै देशको सङ्गीतलाई तीन चरणमा विभाजन गर्न सकिन्छ। प्राचीन, मध्यम र आधुनिक संगीतको चर्चा गर्न सजिलो हुन्छ।

भारत कुनै समय शास्त्रीय सङ्गीतबाटै प्रेरित थियो। सङ्गीतमा परम्परा भनौँ या ट्रेन्डमा हुने परिवर्तनको असर ९० को दशकको अन्त्यमा भारतमा सबै भन्दा बढी देखिएको थियो। खासमा यो असर इलेकट्रोनिक सञ्चार माध्यमको बढ्दो विकास तथा इन्टरनेटको प्रयोगले बढायो।

सन् १९९० को दशकको सुरुवातसँगै भारतीयले प्रविधिको भरपुर प्रयोग गरेको देखिएको छ। ९० को दशकको भारतीय सङ्गीतमा प्रविधिमा आएको फड्कोको वर्षको रूपमा लिइन्छ। सोही दशकमा भारतमा पप सङ्गीतको पनि व्यापक विकास भएको थियो।

भारतमा शास्त्रीय सङ्गीत सुन्ने ४५ प्रतिशत भन्दा बढी युवा २५ वर्ष भन्दा कम उमेरका छन्। यसकै कारण हुनसक्छ गत दुई वर्ष यता भारतमा तबला र हार्मेनीयममा चासो पनि बढी रहेको छ।

पछिल्ला केही समययता भने भारतमा आश्चर्य नै भएको छ। शास्त्रीय सङ्गीतबाट अघि बढेको यो क्षेत्रको सङ्गीत ९० को दशकमा पप गीत तथा पाश्चात्य सङ्गीतको प्रभाव बढ्नेक्रम कोभिड–१९ को समयसम्म सीमित थियो। योक्रम कोभिडको समयपछि कम भएको हो। केही वर्ष यता युवामा शास्त्रीय सङ्गीत प्रतिको चसो बढ्दै गएको छ।

भारतमा शास्त्रीय सङ्गीत सुन्ने ४५ प्रतिशत भन्दा बढी युवा २५ वर्ष भन्दा कम उमेरका छन्। यसकै कारण हुनसक्छ गत दुई वर्ष यता भारतमा तबला र हार्मेनीयममा चासो पनि बढी रहेको छ। यो सिक्ने प्रशिक्षार्थीको सङ्ख्या पनि दिन प्रतिदिन बढी रहेको छ।

भारतकै एक अध्ययनका अनुसार युवामा यसरी आकर्षण बढ्नुको कारण पछिल्लो समय धेरै भावुक हुन थालेका छन्। यसरी भावुक व्यक्तिमा रागले पैदा गर्ने आनन्द अर्कै प्रकारको हुन्छ। उनीहरू यसै आनन्दमा रमाउन चाहने किसिमका पनि हुन्छन्।

युवा पुस्ताकी गायिका साइ गोड बोलेको मतमा सबै सङ्गीतको मूल नै शास्त्रीय सङ्गीत हो। यस सङ्गीतले मन हुँदै हृदयलाई तरङ्गित बनाउने कारण नै यसको आदत बस्नेहरु यसैमा धेरै समय रमाउने गर्छन्। साइ हिन्दी र मराठी सुगम सङ्गीतमा रमाउने गरेकी छन्।

भारतीय युवामा तबला वादकको रूपमा नै परिचित निखिल पारालीकरकै मतमा भारतीय सङ्गीतमा अहिले गीत गाउनेमा रहेको शुद्धता पनि शास्त्रीय सङ्गीतकै आधारमा तयार भएको बताउँछन्। अहिले कसैले डिजिटल भर्सन तथा इलेकट्रोनिक बिटका कारण शास्त्रीय सङ्गीतको मर्मलाई नै खत्तम गर्ने त होइन भन्ने चिन्ता धेरैलाई छ।

युवा पुस्ताकी गायिका साइ गोड बोलेको मतमा सबै सङ्गीतको मूल नै शास्त्रीय सङ्गीत हो। सङ्गीतले मन हुँदै हृदयलाई तरङ्गित बनाउने कारण नै यसको आदत बस्नेहरु यसैमा धेरै समय रमाउने गर्छन्। साइ हिन्दी र मराठी सुगम सङ्गीतमा रमाउने गरेकी छन्।

यसरी शास्त्रीय सङ्गीतको पुन लोकप्रियताको युग भन्दा अघि नै सन् १९९० देखि २००० को बिचमा नै भारतमा म्युजिकल उपकरणको समेत आवाजमा धेरै रमाउने प्रचलनको सुरुवात भएको थियो। भाङ्ग्रा, बलिउड रिप्राइज, तथा इन्डियन रक त्यसै समयमा बढेका थिए। सोही समयमा धेरै मानिस नाच्ने गीतमा नै रमाउने गरेका थिए।

सन् २००० यता इन्टरनेटको लोकप्रियतासँगै पाश्चात्य शैलीको सङ्गीतको लोकप्रियता पनि बढ्न थालेको हो। अनलाइन लाइभ म्युजिकको प्रचलन पनि यसै समयमा बढेको हो।

परम्परागत भारतीय गीत धर्मशास्त्रमा आधारित शब्दमा हुने गरेका थिए। पाश्चात्य सङ्गीतको प्रभाव बढेसँगै समाजका अन्य विषयमा र गीतमा कामुकताले प्रवेश पाएको थियो। भारतको उत्तरी क्षेत्र तथा चलचित्रमा भारतीय भाषाकै फिल्म हेरिने स्थानमा युवा र युवतीका गीत हुँदै व्यक्तिगत जीवनका गीतले प्रश्रय पाउने थाले। हिन्दी गीतमा धेरै जसो पाश्चात्यको मिश्रण हुन थालेको ८० कै दशकको अन्त्यमा भएको जनाइन्छ। पछिल्लो समयमा मात्र दक्षिणी भारतमा क्लासिकल सङ्गीत र पाश्चात्य सङ्गीतको फ्युजन भएको जनाइन्छ।

डिजिटल युगले अर्को चरणमा प्रवेश गर्न थाली रहेकै समयमा कोभिड-१९ महामारी पनि सुरु भएको थियो। यसै बिचमा मानिस एक आपसमा संसर्गमा रहन छाडेका थिए। घरमै धेरै बसेर सङ्गीत सुन्ने आदत बसेपछि ५० या ६० को दशकका सङ्गीत पनि खोज गरिन थाले। यसरी खोजी गरिने क्रममा नै सो दशकमा सदाबहार गीत सुन्नेको सङ्ख्या पनि धेरै बढेको थियो। त्यस भन्दा पछिल्लो समयको जग जीत सिंह लगायतको गजल मात्र होइन भारतमा लोकप्रिय किशोर कुमार र लता मंगेशकर लगायतको सुमधुर धुन र आवाजले हल्का रमाइलो किसिमको गीत भन्दा गहिराइमा छुने खालको सङ्गीतलाई लोकप्रिय बनायो।

डिजिटल युगले अर्को चरणमा प्रवेश गर्न थाली रहेकै समयमा कोभिड-१९ महामारी सुरु भएको थियो। कोभिड महामारीमा मानिस एक आपसमा संसर्गमा रहन छाडेका थिए। घरमै धेरै बसेर सङ्गीत सुन्ने आदत बसेपछि ५० या ६० को दशकका सङ्गीतको पनि व्यापक खोजी भयो ।

रेकर्ड, टेप, क्यासेट, म्युजिक टेप र कम्प्याट डिसबाट अहिले अनलाइन स्ट्रिमिङको युगमा पुगेको समयमा नयाँ प्रविधि र शैली एनएफटीको पनि प्रयोग बढेको छ। विगत र अहिलेको समयमा रहेको भिन्नता के भने यस युगमा क्षमतावान व्यक्ति जुनसुकै समयमा एकाएक देखिन सक्छ। नेटफ्लीक्स लगायत भिडियो अनलाइन माध्यमले जो कोहीलाई पनि राम्रो ‘ब्रेक आउट’ दिन सक्छन्। क्रस कल्चरको समय पनि यसै बिचमा देखिएको थियो।

पछिल्लो समय घरमै बसेर शास्त्रीय सङ्गीतलाई सुन्नेक्रम बढेपछि भारतमा रवि शंकर, हरिप्रसाद चौरासीया र भीमसेन जोशीलाई पछ्याउनेको सङ्ख्या बढिरहेको छ। स्रोत : सीएनबीसी टिखी, देस्पी समूह, ट्रिल रुट

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : ५७ बजे

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण