बालुवाटारमा गठबन्धनको गृहकार्य जारी, एकीकृत समाजवादीको निर्णय कुर्दै « Khabarhub

बालुवाटारमा गठबन्धनको गृहकार्य जारी, एकीकृत समाजवादीको निर्णय कुर्दै


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर दलले ११ बजेबाट बालुवाटारमा बसेर सत्ता समिकरणको गृहकार्य अगाडि बढाएका छन् । हाल चार दलका नेता तथा शीर्ष नेताहरुस्को अउनेजाने क्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ  । 

अहिले जसपा नेता उपेन्द्र यादव प्रधानमन्त्री तथा एमालेका नेताहरू अनौपचारिक छलफलमा बसिरहेका छन् । यस्तै रास्वपाका नेताहरू पनि बालुवाटार  गएको उपसभापति डिपी अर्यालको भनाइ छ । 

चार दलले नेकपा एकीकृत समाजवादीको निर्णय पर्खिरहेको समेत बुझिएको छ । हाल समाजवादीको बैठक आलोकनगरमा बसिरहेको छ । 

मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, तथा एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंखर पोखरेलले कोटेश्वर पुगेर माधव नेपाललाई भेटेका थिए । 

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेपाललाई भेटेका थिए । यस्तै मंगलबार नै राप्रपा अध्यक्ष लिङ्देनले पनि नेपाललाई भेटेका थिए । बुधवार बिहान बालुवाटार पुगेर झलनाथ खनालले प्रचण्डलाई भेटेर वाम एकतासहितको सर्त लिएर सरकारमा जाने संकेत दिएका थिए । 

तर पार्टीले भने सरकारमा जाने या नजाने निर्णय नदिएकाले नयाँ गठबन्धनलाई भागबन्डामा पनि समस्या देखिएको बुझिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १२ : २२ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय