नयाँ गठबन्धनमा यसरी हुन सक्छ सिट बाँडफाँड  « Khabarhub

नयाँ गठबन्धनमा यसरी हुन सक्छ सिट बाँडफाँड 


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ बनेको चार दलीय गठबन्धनमा मन्त्रालय बाँडफाँडको प्रारम्भिक खाका तयार भएको छ । 

गठबन्धन दलका बैठक बसेर प्रारम्भिक खाका बनाएका हुन् । जसमा  एमालेलाई उपप्रधानमन्त्रीसहित ८ मन्त्रालय दिने छलफल चलेको छ । यस्तै रास्वपालाई उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय र माओवादीले ५ र जसपालाई २ मन्त्रालय लिने की भन्ने छलफल चलेको बैठकमा  उपस्थित एक नेताले खबरहबलाई बताए । 

उनले भने, ‘नेकपा एकीकृत समाजवादी र अन्य घटकलाई पनि मिलाएर लानुपर्ने भएकाले यसमा तहमाथि हुन सक्छ ।’ 

तर नेकपा एमालेले भने आफ्नो ८ वटा सिट सुरक्षित भएको दाबी गरेको छ । 

हालसम्म एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय गठबन्धनले मात्र प्रचण्ड सरकारमा जाने घोषणा गरेका छन् । 

प्रचण्डले २ जना राज्यमन्त्रीसहित २५ सदस्य मन्त्रिमण्डल बनाउन पाउँछन् । 

यसैबीच गृह र अर्थ मन्त्रालयमा भने एमाले, माओवादी र रास्वपाको सहमति जुटेको छैन । एमालेले गृहमा अडान राखेको छ । यता रास्वपाले पनि गृह लिने भनेको छ । अर्थ मन्त्रालय भने प्रधानमन्त्री आफैले राख्न चाहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १२ : ५० बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२