सत्ता गठबन्धनले टुङ्ग्यायो १९ मन्त्रालय, ६ बाँकी « Khabarhub

सत्ता गठबन्धनले टुङ्ग्यायो १९ मन्त्रालय, ६ बाँकी


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ बनेको सत्ता गठबन्धनले १९ मन्त्रालयको टुङ्गो लगाएको छ । अब २ राज्यमन्त्री सहित ६ मन्त्रालय  टुङ्ग्याउन भने बाँकी नै छ ।

चार दलीय गठबन्धनले नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ र जसपालाई २ मन्त्रालय दिने निर्णय गरेको छ ।

हालसम्म माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठको नाम तय भइसकेको छ । यस्तै, रास्वपाबाट गृहमा रवि लामिछानेलाई जिम्मेवारी दिइएको छ ।

नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जाने अन्य तीन जनामा उपसभापति डीपी अर्यालले श्रममन्त्री, विराजभक्त श्रेष्ठले खेलकुदमन्त्री र सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षामन्त्रीको जिम्मा पाउने भएका छन् ।

नेकपा एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री बनाउने भएको छ । एमाले उनकै नेतृत्वमा नयाँ सरकारमा जाने बुझिएको छ ।

एमालेले ८ मन्त्रालय पाउने तय भएपनि अहिलेसम्म २ मन्त्रीको नाम मात्रै टुङ्गो लगाएको छ भने मन्त्रीको सपथ लिइसकेका पदम गिरीको जिम्मेवारी अझै टुङ्गो लागेको छैन ।

जसपाले पनि अझै मन्त्रीहरुको नाम तय गर्न सकेको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : २८ बजे

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको