सुडानमा भोकमरीको जोखिम : डब्ल्यूएफपी « Khabarhub

सुडानमा भोकमरीको जोखिम : डब्ल्यूएफपी


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

जुबा- सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी ) ले बुधबार चेतावनी दिएको छ ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा दशौं हजारको मृत्यु भएको छ, सुडानको पूर्वाधार र अर्थतन्त्र ध्वस्त भएको छ ।

यसले ८० लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ । यसबाहेक, द्वन्द्वअघि नै आफ्नो घरबाट विस्थापित भएका २० लाखभन्दा बढी नागरिकका कारण सुडानमा विश्वको सबैभन्दा ठूलो विस्थापन सङ्कट निम्त्याएको छ । डब्लुएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले भनिन्, “अहिले लाखौं मानिसको जीवन र सम्पूर्ण क्षेत्रको शान्ति र स्थिरता खतरामा परेको छ ।”

“बीस वर्षअघि डार्फरमा विश्वको सबैभन्दा ठूलो भोकमरीको सङ्कट थियो र विश्वले यसको प्रतिकार गर्न एकजुट भएको थियो,” सुडानको विशाल पश्चिमी क्षेत्रतर्फको विस्थापितहरूको अवस्था सङ्केत गर्दै उनले भनिन् ।

तर, पुरानो घाउ आज सुडानका जनताले बिर्सिएका छन् । सन् २००० को दशकको सुरुमा डार्फरमा जातीय अल्पसङ्ख्यक विद्रोहीविरुद्ध पूर्व तानाशाह ओमार अल–बशीरले प्रयोग गरेको जन्जाविद मिलिशियाबाट आरएसएफ आएको हो । वर्तमान युद्धमा आरएसएफ र सेना दुवैलाई आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको, सर्वसाधारणलाई निशाना बनाएको र अत्यावश्यक सहायतामा अवरोध पुर्‍याएको आरोप लगाइएको छ ।

डब्ल्यूएफपीले हाल ‘भोकमरीको आपतकालीन स्तर’ सामना गरिरहेका ९० प्रतिशत मानिसहरूसम्म पुग्न असमर्थ रहेको र सुडानको जनसङ्ख्याको पाँच प्रतिशतले मात्र ‘दिनको एक छाक खाना किन्न सक्ने’ बताएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ३ : ०७ बजे

सिजीले हार्यो केवाइसीको मुद्दा, नयाँ विक्रेतालाई आयात र विक्रीको बाटो खुल्यो

काठमाडौं – उच्च अदालत पाटनले सिजी मोटर्स प्रालिद्वारा दायर रिट

एनपीएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

काठमाडौं – लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर

मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्नेमा अध्यक्ष थापाको जोड

बागमती– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले नियमानुसार मुआब्जा

आजका समाचार : कुलमानमाथि खनिए जेन-जी, एमालेको रिटमा सर्वोच्चले कारण सोध्यो, मधेशमा सरकार गठनको आह्वान र लुम्बिनीसँग विराटनगर पराजित

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन

श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज