नेपालमा भिभो भी३० सार्वजनिक, मूल्य कति ?  « Khabarhub

नेपालमा भिभो भी३० सार्वजनिक, मूल्य कति ? 


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्मार्टफोन भिभो भी३० नेपालमा सार्वजनिक भइसकेको छ । औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अप्ग्रेड गरिएको भिभो भी३० ६०,९९९ रुपैयाँ मूल्य तोकेर सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार यस फाेनले स्मार्टफोन फोटोग्राफीमा जीवन्त विवरणहरू र फ्ललेस स्किन टोनहरूका साथ आकर्षक पोट्र्रेट खिच्न मद्दत गर्दछ । भी३० मा अप्ग्रेड गरिएको औरा लाइट पोट्र्रेट टेक्नोलोजीले ठूला, कम प्रकाशका क्षेत्रहरू र टाढाको–संवेदनशील प्रकाशको साथ आकर्षक पोट्र्रेट फोटोग्राफी प्रदान गर्दछ । भी३० मा ५० मेगापिक्सलको अटोफोकश अल्ट्रा वाइड–एंगल क्यामेरा रहेको छ जसले ग्रुपको विशेष क्षणहरू र कम–प्रकाश दृश्यहरूलाई सहज र सुन्दर रूपमा कैद गर्दछ ।

भी३० मा भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मूद १२० हर्जको रिफ्रेस रेट छ । भिभो भी३० क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा सञ्चालित छ, जसले न्यूनतम पावर खपत गर्दै सिमलेस मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दछ । साथै, यसमा विशाल ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको रहेको कम्पनीको भनाइ छ ।

भिभो भी३० क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा सञ्चालित छ, जसले न्यूनतम पावर खपत गर्दै सिमलेस मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दछ । साथै, यसमा विशाल ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको छ ।

प्रि–बुक बोनान्जाको साथ स्मार्टफोन खरिदमा  भिभोले भी३० मा मार्च ७ तारिखदेखि १३ तारिखसम्म प्रि–बुकिङ्ग खुल्ला गरेको छ । यो दौरानमा कुनै पनि आधिकारिक रिटेल स्टोरबाट प्रयोगकर्ताहरूले ३००० रुपैयाँमा प्रि–अर्डर गर्दा भिभोको टीडब्लुएस ३ई इयरबड निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ४ : ३६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु