नयाँ मन्त्री सपथको समय सर्‍यो, प्रचण्ड भेट्न माधव नेपाल बालुवाटारमा « Khabarhub

नयाँ मन्त्री सपथको समय सर्‍यो, प्रचण्ड भेट्न माधव नेपाल बालुवाटारमा


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज थप भएका मन्त्रीहरुको सपथ ग्रहण समारोह सरेको छ । साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब ५ः४५ बजे हुने भएको छ । प्रधानमन्त्रीकाे सचिवालयले राष्ट्रपति भवनमा समय सरेकाे जानकारी दिएकाे छ ।

उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एकीकृत समाजवादीले गरे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न यतिखेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।

उनीसँगै उपाध्यक्ष प्रवेश हमाल र महासचिव घनश्याम भुसाल पनि बालुवाटार पुगेको प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै सपथ ग्रहण समाराेहमा सहभागी हुन शितल निवास जानेछन् । जसका कारण सचिवालय बैठक सकिने बितिक्कै नेकपा एसका अध्यक्ष उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल लिएर बालुवाटार हिडेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : ०९ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६