आर्मी झापा गोल्डकपको सेमिफाइनलमा | Khabarhub Khabarhub

आर्मी झापा गोल्डकपको सेमिफाइनलमा


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विर्तामोडस्थीत डोमालाल राजवंशी रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २ –१ गोलको जित निकाल्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागी खेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गरे भने ८० औं मिनेटमा बसन्त जिम्बाले थप गोल गरि नजिता दोब्बर बनाए ।

सुरुमा अग्रता लिएको मच्छिन्द्र फुटबल क्लबका लागी खेलको ११ औं मिनेटमा हिसुब थपलियाको उत्कृष्ट पासमा स्टेफन्स विनोङ्सले गोल गरे । दुई पटकको ए डिभिजन लिग बिजेता मच्छिन्द्रले खेलको शुरुवातीमा आक्रमक खेलेपनि अग्रता जोगाउन नसक्दा पराजय व्यर्होनुपर्यो । पहिलो हाफमा दवावमा परेको आर्मिले दोस्रो हाफमा सम्हालिदैं उत्कृष्ट खेल प्रर्दशन गरेको थियो ।

छैटौं संस्करणको झापा गोल्डकप फागुन २८ गते सम्म सञ्चालन हुनेछ । बिहीबारको खेल आयोजक झापा– ११ र एन्फा मकवानपुर बिच अन्तिम क्वाटरफाईनल खेल हुने झापा गोल्डकप आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ६ : ५० बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई