धादिङ बस दुर्घटनाका मृतक सातै जनाको सनाखत | Khabarhub Khabarhub

धादिङ बस दुर्घटनाका मृतक सातै जनाको सनाखत


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


40.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ । कपिलवस्तुको भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार एकाबिहानै दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।

आफन्त र परिवारसँग सम्पर्क गरी मृतकको यकिन गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले बताए । प्रहरीका अनुसार सो बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३९ जना घाइते छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : ३४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’