कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन « Khabarhub

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गर्नुभएका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर विसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मङ्गलबार राजीनामा दिनुका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै तीन मन्त्रालय रिक्त रहेका थिए ।

मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (९¬) बमोजिम नियुक्ति, हेरफेर कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेसँगै रिक्त तीनवटै मन्त्रालय मुख्यमन्त्री शर्माले हेर्ने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

निमित्त सचिव थानीका अनुसार कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मङ्गलबहादुर शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय तथा भीम प्रकाश शर्माले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : ३४ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको