खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर काम गर्छु : मन्त्री श्रेष्ठ « Khabarhub

खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर काम गर्छु : मन्त्री श्रेष्ठ


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री श्रेष्ठले आज खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन सक्दो प्रयास गर्ने बताए ।

उनले खेलाडीलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन, खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न तथा राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यावसायिक बनाउन खेल तालिकासहितको कार्ययोजना बनाई समन्वयात्मकरुपमा कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन पनि दिए।

काठमाडौँको इन्द्रचोकमा जन्मिनुभएका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पाटी काठमाडौँ–८ बाट निर्वाचित भएका हुन् । उनी २०७९ मङ्सिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभाको सांसद बनेका थिए । बयालीस वर्षीय श्रेष्ठ २०७४ को चुनावमा बागमती प्रदेशको विवेकशील साझा पार्टीबाट समानुपातिक सांसद बनेका थिए ।

यसअघि उनले पर्यटन, वातावरण तथा दिगो विकास अभियन्ता, सामाजिक अभियन्ता, अस्पताल व्यवस्थापन, सामाजिक÷सांस्कृतिक क्षेत्रमा समेत काम गरेका थिए । वाणिज्य व्यापार विषयमा श्रेष्ठले स्नातकोपाधि हासिल गरेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १० : ४७ बजे

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको