युक्रेन आक्रमणको आलोचना गर्ने पत्रकारलाई रुसद्वारा कारागार चलान « Khabarhub

युक्रेन आक्रमणको आलोचना गर्ने पत्रकारलाई रुसद्वारा कारागार चलान


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कोरोलोभ – रुसको एक अदालतले सामाजिक सञ्जालमा युक्रेन आक्रमणको आलोचना गरेको आरोपमा एक पत्रकारलाई बुधबार सात वर्षको कारागार सजाय सुनाएको छ ।

एकाउन्न वर्षीय रोमन इभानोभमाथि रुसको सशस्त्र बलहरूका बारेमा ‘झुटो सूचना’ आरोपमा दोषी पाइयो र मसकोको कडा सैन्य सेन्सरसिप कानूनअन्तर्गत दण्डित गरियो ।

मस्कोले युक्रेनमाथि आफ्नो पूर्णस्तरको सैन्य आक्रमणको सार्वजनिक आलोचनालाई समाप्त पार्नका लागि सशस्त्र बलहरूलाई ‘अपमानित’ गर्ने वा ‘झुटो सूचना’ प्रकाशित गर्नेविरुद्ध कानूनहरूको प्रयोग गरेको छ ।

सजाय सुनाइएपछि इभानोभले अदालत कक्षबाट बाहिर निस्कँदै गर्दा चिच्याउँदै भने, “शान्ति र स्वतन्त्रता ।” उनका समर्थकहरूले कराउँदै र ताली बजाउँदै भने, “हामी तपाईंसँगै छौँ, तपाईं एक्लो हुनुहुन्न ।”

सन् २०२२ मा टेलिग्राम र भिकोन्टेक सामाजिक सञ्जाल साइटहरूमा प्रकाशित पोस्टहरूमा इभानोभले युक्रेनमा रुसको सैन्य आक्रमण र युक्रेनी सहर बुचामा उसको कार्यहरूको आलोचना गरेका थिए । उनलाई गत वर्ष पक्राउ गरिएको थियो र उहाँले आफू निर्दोष रहेको बताएका थिए ।

“रुसमा पत्रकारिता अब अवस्थित छैन”, पछिल्लो सुनुवाइमा अदालतलाई दिएको अन्तिम बयानमा उनले भने, “हामीले हाम्रा चारैतिर दुःख किन बीजारोपण गरिरहेका छौँ र हाम्रो मुलुक दुःखको पहिरोमा किन परिवर्तन भएको छ भनेर हामीले स्वयंलाई सोध्नुपर्छ ।”

इभानोभ एउटा स्थानीय सरकारी टिभी च्यानलमा काम गर्नुहुन्थ्यो तर सन् २०२१ मा मस्कोको उत्तरपूर्वी सहर कारोलियोभमा कथित भ्रष्टाचार, चुनावी जालसाजी र पर्यावरणीय समस्याहरूमाथि रिपोर्ट गरेपछि उहाँलाई बर्खास्त गरिएको थियो ।

बुधबारको फैसलापछि अदालतको कक्षबाहिर बोल्दै इभानोभकी आमाले स्थानीय अधिकारीहरूले उहाँको रिपोर्टिङको प्रतिशोधका रूपमा उनीविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको बताए । “उनीअगाडि जे छ त्यो पूर्ण बनावटी हो”, अल्ला इभानोभाले भने, “म लड्न जारी राख्नेछु ।”

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ११ : १२ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच