डाँडा र पाखामा लालीगुराँसको सुन्दरता « Khabarhub

डाँडा र पाखामा लालीगुराँसको सुन्दरता


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सधै उराठ लाग्दा नेपालका पहाडी पाखा र हिमाली विकट क्षेत्र यत्तिबेला गुराँस फुलेर आकर्षक बनेका छन् । कतिपय ठाउँमा स्थानीय तहले गुराँसलाई पर्यटनसँग जोड्नका लागि विभिन्न कार्यक्रमसमेत बनाएका छन् । केही क्षेत्रमा गुरास उद्यान बनेका छन् । साताका तस्बिरमा गुराँस, सुन्दर बस्ती, हिमा र पाहाडका डाँडा र पाखा : तस्बिर : रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृश्य। गुराँसको जङ्गल र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त गन्तव्य हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको लालीगुराँसको जङ्गल । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने घोडेपानीमा बसन्त यामको आकर्षण लालीगुराँसको मनमोहक जङ्गल हो । तस्बिर : सन्तोष गौतम/रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको लालीगुराँसको जङ्गलको सोमबार खिचिएको दृश्य । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने घोडेपानीमा बसन्त यामको आकर्षण लालीगुराँसको मनमोहक जङ्गल हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोडेपानीको वनपाखामा ढकमक्क फुलेका विभिन्न प्रजातिका लालीगुराँस ।

प्युठानको गौमुखी गाउँपालिका–३ रजवाराको मेलवास जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । गुँरास फुल्दा जङ्गल क्षेत्र मनमोहक देखिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको कालिसारमा निर्माण गरिएको गुराँस उद्यान । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा यो उद्यान निर्माण गरिएको हो ।

 

 

 

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : ४३ बजे

ब्लकबस्टर ट्रान्सफर : एन्जो फर्नान्डेज चेल्सीबाट म्यानचेस्टर सिटीमा

काठमाडाैँ- म्यानचेस्टर सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि अन्तिम समयमा ठूलो

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६