आजका समाचार : चोलेन्द्र पक्राउ प्रकरणमा सरकारको प्रष्टीकरण,  कांग्रेसको महाधिवेशन सर्‍यो, देउवा समूहमा भित्रिए मनाङे र इराकबाट अमेरिकी सेना फिर्ता « Khabarhub

आजका समाचार : चोलेन्द्र पक्राउ प्रकरणमा सरकारको प्रष्टीकरण,  कांग्रेसको महाधिवेशन सर्‍यो, देउवा समूहमा भित्रिए मनाङे र इराकबाट अमेरिकी सेना फिर्ता


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केवर–पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय, गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

राष्ट्रपतिसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी कानुनी रिक्तता हटाउनका लागि ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ ल्याएको बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश निष्क्रिय भएपछि कानुनी दफाहरू रिक्त हुने अवस्था सिर्जना भएकाले ती व्यवस्थाहरूलाई पुनः कानुनी रूपमा जगाउनका लागि विधेयक ल्याइएको बताएकी हुन् ।

सरकारले गरेको नीतिगत निर्णयलाई अगाडि बढाउने क्रममा आवश्यक कानुनी व्यवस्थाहरू संशोधन गर्न पहिला अध्यादेश जारी गरिएको र हाल ती निष्क्रिय भएका दफाहरूलाई निरन्तरता दिनकै लागि मात्र विधेयक प्रस्तुत गरिएको उनले स्पष्ट पारिन् ।

उनले कानुनी रिक्तता हटाएर प्रावधानहरू जगाउनु नै विधेयकको मुख्य उद्देश्य भएको धारणा राखिन् ।

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्। देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले आज मनाङेलाई पार्टीमा स्वागत गरेका हुन्।

मनाङेलाई आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारीसमेत दिइएको छ। मनाङे यसअघि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्ध थिए।

एकीकृत समाजवादी छाडेर कांग्रेसमा प्रवेश गरेका उनी मनाङ प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।

नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले पनि छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो ।

सोही दिनदेखि बागलुङ र पर्वतका ठाउँठाउँमा पहिरो तथा नदी कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएपछि उनी समयमा अस्पताल पुग्न सकेनन्।

बागलुङ खण्डको सडक सञ्चालनमा आएपछि आज बिहान सदरमुकामसम्म आएकी बुढाथोकीलाई पर्वत हुँदै पोखरा आइपुग्न अर्को सास्ती बेहोर्नुपर्‍यो । बागलुङ बजारबाट झोलुङ्गे पुल तरेर पर्वतको अदुवाबारी हुँदै पाङसम्म करिब ४५ मिनेट हिँडेपछि मात्र उनले पोखराका लागि गाडी भेटाए ।

बागलुङ र पर्वतको सीमा मालढुङ्गामा कालीगण्डकी नदीमाथिको पुल भत्किएपछि यात्रुहरू कठिनाइ सहँदै वैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका छन् ।

मालढुङ्गाको पुलसँगै पर्वतको कुश्मा नगरपालिका-२ नयाँपुलमा कालीगण्डकी नदीले सय मिटरभन्दा बढी सडक कटान गरेपछि मध्यपहाडी लोकमार्ग भएर बागलुङ, पोखरा हुँदै बाहिरी गन्तव्यमा जाने यातायात सेवा प्रभावित बनेको छ ।

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

पत्रकारले प्रेस काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भनेपछि…

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

राइनासका तत्कालीन १० कर्मचारी-जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म सेना पूर्ण रूपमा फिर्ता बोलाउने भएको छ ।

दुई दशकभन्दा लामो समय चलेको इराकमा युद्धमा ४,५०० भन्दा बढी अमेरिकी सैनिकले ज्यान गुमाएका थिए । यस्तो अवस्थामा इराकबाट अमेरिकी सेनाको बहिर्गमनलाई छिमेकी इरान र उसका सहयोगी समूहहरूले विजयका रूपमा अर्थ्याएका छन् ।

सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा भएको सम्झौता अनुसार डोनाल्ड ट्रम्प प्रशासनले इराकबाट सैनिक फिर्ता बोलाएको हो । इरानसँग युद्ध चलिरहेकै अवस्थामा इराकबाट सेना फिर्ता बोलाउने ट्रम्प प्रशासनको निर्णयप्रति धेरैले आश्चर्य प्रकट गरेका छन् ।

सुरक्षा विश्लेषकहरूले अमेरिकाको कदमबाट इरान र उसका सहयोगीहरूलाई इराकमा पकड जमाउने बाटो खोल्नुका साथै ‘इस्लामिक स्टेट’ जस्ता समूहहरूलाई पुनर्जीवित हुने अवसर दिनसक्ने चेतावनी दिएका छन् ।

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

अमेरिकामा १८ अर्ब डलर लगानी गर्दै एस्सार, आयोवामा बनाउँदै देशकै ठूलो स्टिल प्लान्ट

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध
























प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ७ : ५३ बजे

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु