गर्मी छल्न र्‍याफ्टिङ (फोटो फिचर) « Khabarhub

गर्मी छल्न र्‍याफ्टिङ (फोटो फिचर)


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्मी सिजन सुरु भएसँगै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटेलाई रिफ्रेसमेन्टको गन्तव्यका रुपमा हेरिन्छ। काठमाडौंको व्यस्त जीवन र थकान मेट्न यहाँ रहेका विभिन्न रिसोर्ट र सुनकोसी नदीमा गरिने र्‍याफ्टिङको आकर्षण बढ्दै गएको छ।

पछिल्लो समय यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। र्‍याफ्टिङ सिजन (फागुन र चैत्र) मा दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटक सुकुटे पुग्ने गर्छन्।

सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटल छन्। जसमा र्‍याफ्टिङ स्टार, सुनकोसी बिच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोसी रिभरसाइड जस्ता नाम चलेका होटल छन्। यहाँ भएका विभिन्न रिसोर्टले साहसिक गतिविधिसहित विभिन्न सुविधा दिइरहेका छन्।

सिजनमा शुक्रबार र शनिबार सुनकोसी नदीमा ट्राफिक जाम नै हुन्छ। पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिञ्चोक पुग्छन्। जब गर्मी सुरु हुन्छ सुनकोसी नदीमा रमाइलो गर्न सुकुटेमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्छ। –नेपाल फोटो लाइब्रेरी

 

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ८ : ४२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु