गर्मी छल्न र्‍याफ्टिङ (फोटो फिचर) « Khabarhub

गर्मी छल्न र्‍याफ्टिङ (फोटो फिचर)


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्मी सिजन सुरु भएसँगै काठमाडौंबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटेलाई रिफ्रेसमेन्टको गन्तव्यका रुपमा हेरिन्छ। काठमाडौंको व्यस्त जीवन र थकान मेट्न यहाँ रहेका विभिन्न रिसोर्ट र सुनकोसी नदीमा गरिने र्‍याफ्टिङको आकर्षण बढ्दै गएको छ।

पछिल्लो समय यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। र्‍याफ्टिङ सिजन (फागुन र चैत्र) मा दैनिक १५ सय आन्तरिक तथा बाह्य पर्यटक सुकुटे पुग्ने गर्छन्।

सुकुटे बजारको पाँच किलोमिटर क्षेत्रफलमा रिसोर्ट स्तरका ११ होटल छन्। जसमा र्‍याफ्टिङ स्टार, सुनकोसी बिच, स्याण्डी बिच, भोटेकोसी बिच, सुकुटे रिभर फन बिच रिसोर्ट, सुकुटे बिच, रिभर बे, माया बिच, रक रिभर, सुनकोसी रिभरसाइड जस्ता नाम चलेका होटल छन्। यहाँ भएका विभिन्न रिसोर्टले साहसिक गतिविधिसहित विभिन्न सुविधा दिइरहेका छन्।

सिजनमा शुक्रबार र शनिबार सुनकोसी नदीमा ट्राफिक जाम नै हुन्छ। पुस र माघको चिसोमा सुकुटे आउने आन्तरिक पर्यटक दोलखाको कालिञ्चोक पुग्छन्। जब गर्मी सुरु हुन्छ सुनकोसी नदीमा रमाइलो गर्न सुकुटेमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्छ। –नेपाल फोटो लाइब्रेरी

 

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ८ : ४२ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको