रास्वपालक्षित टिप्पणी गर्ने सांसदलाई श्रममन्त्री अर्यालको चेतावनी « Khabarhub

रास्वपालक्षित टिप्पणी गर्ने सांसदलाई श्रममन्त्री अर्यालको चेतावनी


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरूको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् । 

शनिबार रास्वपा क्षेत्र नम्बर ५ समिति काठमाडौँले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रममा श्रममन्त्री अर्यालले रास्वपाल इक्वेल सहकारी भन्दै हिँड्ने सांसहरुप्रति लक्षित गर्दै कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् भन्दै चेतावनी दिएका हुन् । 

उनले आजसम्म सहकारीको समस्या समाधानका लागि कुनैपनि राजनीतिक दलले केही पहल नगरेको भन्दै कुन राजनीतिक दलले सहकारी समस्या समाधानको बारेमा संसद्‌मा आवाज उठायो ? भन्दै प्रश्न समेत गरे । 

उनले सहकारीको समस्या समाधानको लागि काम गरेर सहकारी पीडितको पैसा फिर्ता गर्नेतिर सोच्ने की मान्छेलाई जेलमा कोचेर उनीहरूको पैसा फिर्ता नगर्नेतिर जाने भन्नेतर्फ ध्यान दिन आग्रह गरे । उहाँले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक-दुई लाख रुपैयाँसम्म दिने बताए । उनले सो सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नुबाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी समेत गरे ।

मन्त्री अर्यालले कांग्रेसका युवा नेताहरूलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरूलाई नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भएपनि रास्वपा आइसकेपछि आफूहरूको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको आरोप समेत लगाए।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १ : ४२ बजे

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत