धवलागिरिमा घुम्ती शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण | Khabarhub Khabarhub

धवलागिरिमा घुम्ती शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ती शिविरबाट दुई सय सातजना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् । 

यही चैत १९ देखि २३ गतेसम्म पाँचवटा वडामा आयोजना गरिएको घुम्ती शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र एक सय ३० जनालाई सहायता सामग्री वितरण गरिएको हो । शारीरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडास्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिए। 

वडा २ मा पाँच, वडा नं ३ मा १४, वडा नं ४ मा १४, वडा नं ६ मा आठ र वडा नं ७ मा ३६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ९५ जना अपाङ्गलाई लट्ठी, पाँचजनालाई वैशाखी, नौजनालाई ब्लाइन्ड स्टिक (ह्वाइट क्यान), छ जनालाई कम्बोड कुर्ची र १५ जनालाई कम्मर पेटी उपलब्ध गराइएको उनले बताए।  

अर्को चरणमा ह्विल चियर प्रयोग गर्ने अपाङ्गता भएकालाई ह्विल चियर पनि वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताए। गाउँपालिकाको कार्यालयमा पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको बताएका छन् । 

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, बेनी अस्पतालका चिकित्सक डा रोशन आचार्य, वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी देव पुन, स्वास्थ्य शाखाका सहसंयोजक अनिशा आचार्यले परिचयपत्र र सहायता सामग्री वितरण गरेका थिए । 

वडामै निवेदन संकलन गरी अपाङ्गता समन्वय समितिको बैठक बसेर निर्णय गरी परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए। गाउँपालिकाका उपाध्यक्ष पुनमगरले अशक्तहरूलाई झन्झटरहित तरिकाले परिचयपत्र उपलब्ध गराउन वडामा पुगेको बताए । 

अपाङ्गता भएका नागरिकहरूले परिचयपत्रका आधारमा सार्वजनिक यातायातलगायत क्षेत्रमा पाउनुपर्ने छुट सुविधा नपाएको विषयमा गाउँपालिकासँग गुनासो गरेका छन् । 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : २४ बजे

‘सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता निराश’ 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले गठन

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको