सरकारी सेवा सम्बन्धी निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन « Khabarhub

सरकारी सेवा सम्बन्धी निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शंकरदेव क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले सरकारी सेवा सम्बन्धी निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन गरेको छ। आज एक समारोहबीच लोकसेवा, बैंकिङलगायत विभिन्न सेवाका बारेमा स्ववियुले विद्यार्थीमाझ निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन गरेको हो।

विद्यार्थीमाझ अर्थमन्त्रालयका सहसचिव  टोकराज पाण्डे, पूर्व सहसचिव हेमराज शर्मा, अर्थविद् खगेन्द्र कटुवाल, बैंकिङ क्षेत्रका जानकार कृष्ण निरौला, क्याम्पस प्रमुख डा. कृष्ण आचार्य र नेम इन्स्टिच्युटमा कार्यरत माधव पाण्डेयलगायतले सरकारी सेवाको महत्त्वबारे प्रस्ट पारेका थिए।

दक्ष जनशक्ति सरकारी सेवामा प्रवेश गरे राष्ट्र निर्माणमा ठूलो टेवा पुग्ने उनीहरूको धारणा थियो। तलब लिएर राष्ट्र सेवा गर्न पाइने भएकाले सरकारी सेवाको ठूलो महत्त्व रहेको वक्ताहरूले प्रस्ट पारेका थिए।

यस्तै स्ववियु सभापति सुशान्त बस्नेतले शंकरदेव व्यवस्थापनको कलेज भएकाले सबै क्षेत्रको व्यवस्थापनको नेतृत्व लिन तयार रहेको बताएका थिए।

स्ववियु सचिव मदनराज उपाध्यायले अन्य क्याम्पसभन्दा शंकरदेवको स्ववियु निकै सक्रिय रहेको प्रस्ट पारे। उनले आफूहरू निरन्तर विद्यार्थीहरूको माझमा रहेको र विद्यार्थीका समस्या तथा आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए। उनले आगामी दिनमा पनि यस्ता खाले कार्यक्रमको आयोजनालाई निरन्तरता दिइने बताए।

उपाध्यायले आज ओरेन्टेसन कक्षा सञ्चालन गरिएकोमा आगामी चार महिनासम्म शंकरदेवका विद्यार्थीहरूलाई निःशुल्क लोकसेवा र बैंकिङ सेवाका कक्षा सञ्चालन गरिने बताए।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : ४३ बजे

परराष्ट्रले भन्यो- मध्यपूर्वबाट स्वदेश फर्किन चाहनेलाई जसरी पनि उद्धार गर्छौँ

काठमाडौं– परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण स्वदेश फर्किन चाहने नेपाली

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।