सरकारी सेवा सम्बन्धी निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन « Khabarhub

सरकारी सेवा सम्बन्धी निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शंकरदेव क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले सरकारी सेवा सम्बन्धी निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन गरेको छ। आज एक समारोहबीच लोकसेवा, बैंकिङलगायत विभिन्न सेवाका बारेमा स्ववियुले विद्यार्थीमाझ निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन गरेको हो।

विद्यार्थीमाझ अर्थमन्त्रालयका सहसचिव  टोकराज पाण्डे, पूर्व सहसचिव हेमराज शर्मा, अर्थविद् खगेन्द्र कटुवाल, बैंकिङ क्षेत्रका जानकार कृष्ण निरौला, क्याम्पस प्रमुख डा. कृष्ण आचार्य र नेम इन्स्टिच्युटमा कार्यरत माधव पाण्डेयलगायतले सरकारी सेवाको महत्त्वबारे प्रस्ट पारेका थिए।

दक्ष जनशक्ति सरकारी सेवामा प्रवेश गरे राष्ट्र निर्माणमा ठूलो टेवा पुग्ने उनीहरूको धारणा थियो। तलब लिएर राष्ट्र सेवा गर्न पाइने भएकाले सरकारी सेवाको ठूलो महत्त्व रहेको वक्ताहरूले प्रस्ट पारेका थिए।

यस्तै स्ववियु सभापति सुशान्त बस्नेतले शंकरदेव व्यवस्थापनको कलेज भएकाले सबै क्षेत्रको व्यवस्थापनको नेतृत्व लिन तयार रहेको बताएका थिए।

स्ववियु सचिव मदनराज उपाध्यायले अन्य क्याम्पसभन्दा शंकरदेवको स्ववियु निकै सक्रिय रहेको प्रस्ट पारे। उनले आफूहरू निरन्तर विद्यार्थीहरूको माझमा रहेको र विद्यार्थीका समस्या तथा आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए। उनले आगामी दिनमा पनि यस्ता खाले कार्यक्रमको आयोजनालाई निरन्तरता दिइने बताए।

उपाध्यायले आज ओरेन्टेसन कक्षा सञ्चालन गरिएकोमा आगामी चार महिनासम्म शंकरदेवका विद्यार्थीहरूलाई निःशुल्क लोकसेवा र बैंकिङ सेवाका कक्षा सञ्चालन गरिने बताए।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ३ : ४३ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको