राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण जरुरी : अग्नि सापकोटा | Khabarhub Khabarhub

राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण जरुरी : अग्नि सापकोटा


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिले सिंगो राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण र शुद्धीकरण जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित तिलक शर्मा हिमालद्वारा लिखित संस्करण–सङ्ग्रह ‘वन्द पर्खाल’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष सापकोटाले सो कुरा बताएका हुन् । सापकोटाले रूपान्तरणको प्रक्रियामा जाँदा विचारलाई अघि बढाउनुपर्ने भन्दै अहिलेको मुख्य कार्यभार भनेको वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन रहेको उल्लेख गरे । 

त्यस्तै उनले विचारको शून्यताले गर्दा देश पूरै अराजकतातिर गइरहेको भन्दै सुशासन र लोकतन्त्रको शक्तिशाली सन्देश दिनुपर्ने संघीय सांसदका शब्द चयन र वाक्यप्रति असन्तुष्टि व्यक्त गरे। उपाध्यक्ष सापकोटाले हरेक देशका सांसदहरू नै लोकतन्त्रका आत्मा भएको धारणा राखे । 

उनले विचारअनुसारकै राजनीतिक दिशा हुने भएकाले जनताको विश्वास जित्दै हिजो असाधारण युद्धमा सामेल भएकाहरू एकजुट हुन सके कसैले रोक्न नसक्ने दाबी गरे । उनले एकताबद्ध भएर समाजवादको विचारधारा तयार पार्न आजैदेखि लागिपर्नु पर्नेमा जोड दिए ।

उपाध्यक्ष सापकोटाले नेपालको कृषि , जलविद्युत र प्रविधिमा आधुनिकीकरण गरी उद्योग धन्दाको विकास गर्न सके मुलुकले फड्को मार्ने उल्लेख गरे। त्यस्तै उनले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशील अवस्थामा रहेकाले त्यही अनुसार तयारी गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ४ : १४ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका