मेचीनगरमा हात्ती र चितुवाको त्रास « Khabarhub

मेचीनगरमा हात्ती र चितुवाको त्रास


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ । बुद्धशान्ति गाउँपालिका–२ स्थित चिया बगानमा बुधबार दिनभर दुई वटा भाले हात्ती भौतारिएका थिए । मानवीय क्षति नहोस् भनेर चिया बगानमा दिनभर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले हात्तीको निगरानी गरेको थियो ।

“गाउँ पसेर क्षति गर्ला कि भन्ने त्रास छँदैथियो”, हात्तीको निगरानीमा खटिएका इलाका प्रहरी कार्यालय बुधबारेका इञ्चार्ज चन्द्र राउतले भने, “बिहानै बगानमा देखा परेको दुई हात्तीलाई हेर्न ठूलो सङ्ख्यामा वरिपरि भेला भएको भीडलाई हटाउन हम्मे हम्मे पर्‍यो ।” चिया बगान वरिपरिको भीड हटाउन प्रहरीले माइकिङ गरेको थियो ।

दिनभर बगानमा भौतारिएको हात्ती राति जङ्गलतिर लागेको थियो । यसैगरी, मेचीनगर नगरपालिका–५ मा चितुवाले पशुधनमा क्षति पुर्याइरहेको छ । चितुवाले बाख्रा र सुँगुर दिनैपिच्छे खाने गरेको वडाध्यक्ष कनक कार्कीले बताए । विगत वर्षदेखि नै मेचीनगर–१, २, ३, ४ र ५ मा चितुवाले स्थानीयवासीलाई त्रसित बनाएको हो । स्थानीयको पहलमा चितुवालाई लखेट्न युवाहरु जोखिम मोलेर रात्रि गस्तीमा हिँड्ने र पासो थाप्दै आएका थिए ।

तर, चितुवा नियन्त्रण गर्न नसकिएपछि मेचीनगर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वन डिभिजन कार्यालयसँग सहयोग मागेको छ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायत जिल्लाका प्रहरी र बन कार्यालयका प्रमुखलाई भेटेर चितुवा नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरिएको बताए ।

केही साताअघि बुद्धशान्ति गाउँपालिकामा गाउँ पसेको एउटा चितुवा नियन्त्रणमा लिने क्रममा मरेको थियो । जिल्लाको उत्तरी भेगका बुद्धशान्ति र मेचीनगरमा भारतबाट चितुवा आउने गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ४ : ५५ बजे

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल

‘पञ्चकन्या जाल्पादेवी’ मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिका-४ कटहरे लुङथुङमा अवस्थित धार्मिक तथा ऐतिहासिक

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी- म्याग्दी जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई

सेवाग्राहीका घरमा राहदानी पुर्‍याउँदै चितवन प्रशासन

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब