मेक्सिकोले तोड्यो इक्वेडरसँग कूटनीतिक सबन्ध « Khabarhub

मेक्सिकोले तोड्यो इक्वेडरसँग कूटनीतिक सबन्ध


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मेक्सिको – मेक्सिकोले इक्वेवडरसँग कुटनीतिक सबन्ध तोड्ने भएको छ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले सो घोषणा गरेका हुन् । 

शुक्रबार एक सामाजिक सञ्जाल पोस्टमार्फत जानकारी दिदैँ राष्ट्रपति ओब्राडोरले विदेश मन्त्री एलिसिया बार्सेनालाई इक्वेडरसँगको कूटनीतिक सम्बन्ध निलम्बन गर्न निर्देशन दिएका हुन ।

 इक्वेडरको प्रहरीले क्विटोमा रहेको आफ्नो देशको दूतावासमा घुसपैठ गरेको र इक्वेडरका पूर्व उपराष्ट्रपति जर्ज ग्लासलाई पक्राउ गरेपछि यो प्रतिक्रिया दिएको हो ।

लोपेज ओब्राडोरले उप राष्ट्रपति ग्लासको गिरफ्तारीलाई ‘तानाशाही’ कार्य र अन्तर्राष्ट्रिय कानून र मेक्सिकोको सार्वभौमिकताको उल्लङ्घनको रूपमा अर्थ्याएका छन् ।

राष्ट्रपतिको आदेशसँगै बार्सेनाले टविटरमार्फत तुरुन्तै इक्वेडरसँग कूटनीतिक सम्बन्धको तत्काल निलम्बन भएको घोषणा गरेका छन ।

इक्वेडरका पूर्व उपराष्ट्रपति ग्लासलाई पक्राउ गर्न इक्वेडरको पुलिस विशेष बल क्विटोमा अवस्थित मेक्सिकन दूतावासमा प्रवेश गरे पछि दुई देश बिचको सबन्ध तोड्ने अवस्थामा पुगेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : १४ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।