मेक्सिकोले तोड्यो इक्वेडरसँग कूटनीतिक सबन्ध « Khabarhub

मेक्सिकोले तोड्यो इक्वेडरसँग कूटनीतिक सबन्ध


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मेक्सिको – मेक्सिकोले इक्वेवडरसँग कुटनीतिक सबन्ध तोड्ने भएको छ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले सो घोषणा गरेका हुन् । 

शुक्रबार एक सामाजिक सञ्जाल पोस्टमार्फत जानकारी दिदैँ राष्ट्रपति ओब्राडोरले विदेश मन्त्री एलिसिया बार्सेनालाई इक्वेडरसँगको कूटनीतिक सम्बन्ध निलम्बन गर्न निर्देशन दिएका हुन ।

 इक्वेडरको प्रहरीले क्विटोमा रहेको आफ्नो देशको दूतावासमा घुसपैठ गरेको र इक्वेडरका पूर्व उपराष्ट्रपति जर्ज ग्लासलाई पक्राउ गरेपछि यो प्रतिक्रिया दिएको हो ।

लोपेज ओब्राडोरले उप राष्ट्रपति ग्लासको गिरफ्तारीलाई ‘तानाशाही’ कार्य र अन्तर्राष्ट्रिय कानून र मेक्सिकोको सार्वभौमिकताको उल्लङ्घनको रूपमा अर्थ्याएका छन् ।

राष्ट्रपतिको आदेशसँगै बार्सेनाले टविटरमार्फत तुरुन्तै इक्वेडरसँग कूटनीतिक सम्बन्धको तत्काल निलम्बन भएको घोषणा गरेका छन ।

इक्वेडरका पूर्व उपराष्ट्रपति ग्लासलाई पक्राउ गर्न इक्वेडरको पुलिस विशेष बल क्विटोमा अवस्थित मेक्सिकन दूतावासमा प्रवेश गरे पछि दुई देश बिचको सबन्ध तोड्ने अवस्थामा पुगेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : १४ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण