पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक : सभापति देउवा « Khabarhub

पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक : सभापति देउवा


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताएका छन् । 

आज काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उनले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आह्वान गरे। उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी गर्न र त्यसतर्फ एकजुट भइ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

‘आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नु अहिलेको आवश्यकता हो, त्यसतर्फ पार्टीका सबै साथीहरू एक भएर लाग्नुपर्छ । आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी छ’, उनले भने, ‘घात अन्तर्घात नगरी पार्टी निर्माणमा सबै एकजुट हौँ ।’

त्यसअवसरमा सो पार्टीका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसले अब स्थिरताको बाटो खोज्नुपर्नेमा जोड दिए।

 ‘नेपाली कांग्रेसकै अगुवाइमा जनता र देशप्रति समर्पित भइ काम गर्नका लागि स्थिरता र विकासको बाटो खोज्नु आवश्यक छ’, उनले भने, ‘आर्थिक वृद्धिसहित समानतामुलक समाज निर्माण गर्ने हाम्रो संकल्प हो ।’

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : ३२ बजे

इरानी मिसाइलको जोखिम बढेपछि यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ

वर्षासहितको हुरीबतासले भक्तपुरका दुई घरमा क्षति

भक्तपुर – सोमबार साँझ आएको हुरीले चाँगुनारायण नगरपालिका–२ दुवाकोट त्रिपुराटोलस्थित

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत ३  गते मंगलबार चैत