म्यानचेस्टर सिटीको सानदार जित « Khabarhub

म्यानचेस्टर सिटीको सानदार जित


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा नै १–० ले पछि परेको म्यानचेस्टर सिटीले खेलमा कमब्याक गर्दै शानदार जित हासिल गरेको थियो ।म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुनेले २ गोल गरेका थिए भने रिको लुइस र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । त्यसैगरी क्रिस्टल प्यालेसका लागि जीन फिलिप माटेटा र ओडसोने एडोउआर्डले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ । सिटीको ३१ खेलमा ७० अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३० खेलमा ७० अंक नै छ र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी क्रिस्टल प्यालेसको भने ३१ खेलमा ३० अंक रहेको छ र लिगमा १४औँ स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ८ : १६ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु