लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा « Khabarhub

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्समाथि ९८ रनको शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले ६ विकेटको क्षतिमा २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ बलमा १३७ रनमा अलआउट भएको हो। योसँगै कोलकाता १६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लखनउ भने पाँचौं स्थानमा झरेको छ। उसको १२ अंक छ।

अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताका लागि ओपनर सुनील नारायणले आक्रामक ब्याटिङ गरे। उनले ३९ बल खेल्दै ६ चौका र ७ छक्काको मद्दतमा ८१ रन बनाएका थिए। अंगकृष रघुवंशी ३२, फिल साल्ट ३२, कप्तान श्रेयस अय्यर २३ र आन्द्रे रसेल १२ रनमा आउट हुँदा रमनदीप सिंह २५ र वेंकटेश अय्यर १ रनमा अविजित रहे।

लखनाउका नवीन उल हकले सर्वाधिक तीन विकेट लिए भने यश ठाकुर, रवि बिश्नोई र युद्धवीर सिंहले एकएक विकेट हात पारे।

२३६ रनको लक्ष्य पछ्याएको लखनउका लागि मार्कश स्टोनिसले सर्वाधिक ३६ रन बनाउँदा कप्तान केएल राहुलले २५ रन जोडे। एस्टन टर्नर १६, आयुष बडोनी १५ र निकोलस पुरन १० रनमा आउट हुँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

लखनउलाई सस्तैमा समेट्न कलकाताका लागि हर्षित राना र वरुण चक्रवर्तीले समान तीनतीन विकेट हात पारे। आन्द्रे रसेलले दुई विकेट लिँदा सुनिल नारायण र मिचेल स्टार्कले समान एकएक विकेट हात पारे।

आईपिएल अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ। यो खेला साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ५ : ४० बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक