प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ? | Khabarhub Khabarhub

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन् । उनले आइतबार ‘वसन्त’ फिल्म निर्माणको घोषणा गरेका छन् । जसमा उनको कथा, निर्देशन र अभिनय रहने बताइएको छ ।

म्युजिक भिडियो र गीतमार्फत प्रकाशले आफ्नो सिर्जना क्षमता प्रमाणित गरिसकेका छन् । म्युजिक भिडियो निर्देशनमा पनि उनी कामले नै अब्बल ठहरिएका छन् ।

फिचर फिल्मको उनको निर्देशन डेब्यू कस्तो रहला ? त्यो हेर्न अब धेरै कुर्नु परेन । आगामी चैते दशैँमा दर्शकले थाहा पाउनेछन् । फिल्म निर्देशनमा पनि उनीप्रति आशावादी बन्नु नपर्ने कारण छैन ।

फिल्मको फस्ट लुक टिजरमा मै उनको सिर्जनाले चर्चा बटुलेको छ । तर उनले पोस्टरमा भने झुट बोलेका छन् । पोस्टरमा लेखिएको छ, ‘प्रकाश सपुतको पहिलो चलचित्र’ ।

प्रकाशको यो दोस्रो फिल्म हो । उनले ‘परदेशी –२’ बाटै फिल्म अभिनयमा डेब्यू गरिसकेको सबैलाई थाहा भएकै विषय हो ।

उनको यो पहिलो फिल्म त होइन तर निर्देशन रहेको पहिलो फिल्म चाहिँ हो । घोषणा कार्यक्रममै उनको यो झुट पत्ता लाग्यो ।

यसबारे उनलाई प्रश्नसमेत गरिएको थियो– पोस्टरमा ‘प्रकाश सपुतको निर्देशन रहेको पहिलो फिल्म’ भनेर किन राखिएन ?

जवाफ फर्काउने क्रममा प्रकाशले गल्ती भएको स्वीकारे । तर निर्देशन रहने पहिलो फिल्म भएकाले छलफलमै ‘प्रकाश सपुतको पहिलो चलचित्र’ राखेको बताए ।

पहिलो फिल्मभन्दा दर्शकलाई झुट बोलेजस्तो हुने र ‘निर्देशन रहने पहिलो फिल्म’ राख्दा उपयुक्त हुने थप तर्क आएपछि भने उनले सच्याउने प्रतिवद्धता गरे ।

उनले भने, ‘सुझावका लागि धन्यवाद, हामी सच्याउँछौँ ।’

प्रकाशको जवाफलाई आधार मान्दा यो बदनियत बिनाको प्राविधिक त्रुटि मात्र हो ।

यो पनि…
फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : ०५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन