नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी | Khabarhub Khabarhub

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

कसरी हुन्छ मिर्गौलामा पत्थरी ?


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ। अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैली पत्थरी हुनुको मुख्य कारण रहेको चिकित्सकको भनाइ छ। सुरुवाती अवस्थामा मिर्गौलाको पत्थरीको उपचार गरे पूर्णरुपमा निको पार्न सकिने तर लापर्वाही गरे पत्थरीकै कारण मिर्गौला फेल हुने सम्भावना रहन्छ। त्यसैले मौसम अनुसार प्रशस्त मात्रामा पानी पिउन, खानपान र जीवनशैलीमा परिवर्तन गर्न चिकित्सकको सुझाव छ। मिर्गौलामा पत्थरी के कारणले हुन्छ ? कस्ता लक्षण देखिन्छन् ? नेपालमा मिर्गौलाको पत्थरीका बिरामीको अवस्था कस्तो छ ? यिनै विषयमा किष्ट मेडिकल कलेज मिर्गौला प्रत्यारोपण विभाग प्रमुख तथा मिर्गौला रोग विशेषज्ञ डा. नारायण भुसालसँग गरिएको कुराकानी :

मिर्गौलामा पत्थरी हुने कारण धेरै छन्। जसमध्ये पहिलो कारण पानीको कमी हो। हाइप्रोटिनयुक्त खाना खाने, मोटोपना भएका मानिसमा पत्थरीको सम्भावना बढी हुन्छ।

के कारणले हुन्छ मिर्गौलामा पत्थरी ?
मिर्गौलामा पत्थरी हुने कारण धेरै छन्। जसमध्ये पहिलो कारण पानीको कमी हो। हाइप्रोटिनयुक्त खाना खाने, मोटोपना भएका मानिसमा पत्थरीको सम्भावना बढी हुन्छ। युरिक एसिडका कारण पनि मिर्गौलाको पत्थरी हुनसक्छ।

मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने ? कस्ता लक्षण देखिन्छन् ?
मिर्गौलाको कुन भागमा पत्थरी बसेको छ। पत्थरीले पिसाबलाई ब्लक गरेको छ कि छैन ? पिसाबमा संक्रमण छ कि छैन त्यसमा भरपर्छ। तर धेरैजसो बिरामीमा पेटको कोखा वरपर दुख्ने, रिंगटा लाग्ने, बान्ता आउने, पिसाबमा रगत आउने, पिसाब पोल्ने, पिसाब कम आउने जस्ता लक्षण देखिन्छन्। दुवै मिर्गौलामा पत्थरी भएमा पिसाब नै बन्द हुने समस्या समेत आउनसक्छ। संक्रमणबाट बन्ने पत्थरी (पिसाबको नली भरिने पत्थरी) भएका केही व्यक्तिमा संकेत नै नदेखाई मिर्गौला खराब नै बनाउनसक्छ। कसैकसैलाई ज्वरो पनि आउनसक्छ।

नेपालमा मिर्गौलाको पत्थरीका बिरामीको अवस्था कस्तो छ ?
नेपालमा मिर्गौलाका बिरामी धेरै छन्। हाम्रो खानपान र जीवनशैली जस्तै जंकफुड धेरै खाने बानीले पनि होला। त्यस्तै लामो समयसम्म गर्मीमा बसेर काम गर्ने, पानी कम खाने व्यक्तिमा पत्थरी धेरै देखिने गरेको छ। कतिपयको त मिर्गौला नै फेल भएको पनि हामीले देखेका छौं।

मिर्गौलाको पत्थरी कुन उमेरमा बढी देखिने गरेको छ ?
सामान्यतया साना बालबालिकादेखि वृद्धसम्ममा मिर्गौलामा पत्थरी देखिने गरेको छ। तर ४० देखि ६० वर्षको मान्छेमा बढी नै देखिने गरेको छ।

साना बालबालिकादेखि वृद्धसम्ममा मिर्गौलामा पत्थरी देखिने गरेको छ। तर ४० देखि ६० वर्षको मान्छेमा बढी नै देखिने गरेको छ।

मिर्गौला फेल हुनुको कारण मिर्गौलाको पत्थरीलाई मान्न सकिने हो ?
पत्थरीको कारणले मिर्गौला फेल हुने भनेको दुई प्रतिशत मान्छेको मात्रै हो। अहिलेको समयमा मिर्गौलामा पत्थरी छ र त्यसका कारण मिर्गौला फेल हुने भनेको गम्भीर अवस्थामा थाहा पाउँदा मात्रै हो। नभए पत्थरीको उपचारको अवस्था अहिले राम्रो छ। पत्थरी नेपालीको आम समस्या हो। यसले दुःख दिन्छ। तर पत्थरीकै कारण मिर्गौला फेल हुने सम्भावना एकदमै कम हुन्छ। मिर्गौला फेल हुने मुख्य कारण भने सुगर र प्रेसरलाई मान्न सकिन्छ।

मिर्गौलाको पत्थरी उपचार पछि पनि बल्झिरहन्छ भनिन्छ के कारणले बल्झिने हो ?
मिर्गौलामा पत्थरी भइसकेपछि पुरै निकालेर फाले पनि ५० प्रतिशत मानिसमा ५ वर्षको अवधिमा फेरि आउनसक्छ। त्यसैले यसको उपचार भन्दा पहिला पत्थरी किन बन्यो ? भन्ने कारण पत्ता लगाएर त्यो अनुसारको जीवनशैली, खानपान र औषधीको प्रयोग गरे निदान गर्न सकिन्छ।

यसको उपचार विधि के छ ?
प्रविधिको विकाससँगै पत्थरी उपचार प्रक्रियामा धेरै परिवर्तन भएको छ। पाँच एमएम भन्दा सानो पत्थरी भएमा पानीबाटै पनि जानसक्छ।

पत्थरीको उपचारका लागि विभिन्न विधि छन्। बेहोस नपारी पनि उपचार गरिन्छ। मिर्गौलाको नलीमा ढुंगा अड्किएको खण्डमा यूरेटर टु रिमुभ अ स्टोन (यूआरएस) गर्ने गरिन्छ। यस्तै अर्को ड्रिल गरेर पत्थर निकाल्ने प्रविधि पनि छ। मिर्गौलाको कुनाकाप्चामा पुगेर ढुंगा फुटाउने प्रविधि पनि छ। मिर्गौलामा पत्थरी छ र समयमै उपचारका लागि आएमा पूर्ण रुपमा निको पार्न सकिन्छ।

नियमित व्यायामले रक्तचाप र शरीरको तौललाई नियन्त्रण गर्छ। जसले पत्थरीको जोखिम कम गर्छ।

पत्थरी हुनै नदिन के गर्ने ?
पिसाबलाई सन्तुलनमा राख्न पानीको मात्रा बढाउने, दिनको कम्तीमा पनि तीन लिटर पानी खाने गर्नुपर्छ। हरेक दिन साढे दुई लिटर पिसाब हुनुपर्छ। खानपानमा विशेष ध्यान दिनुपर्छ। युरिक एसिड भएकाहरुमा माछामासु र गेडागुडी बढी खाँदा पत्थरी गराउने सम्भावना हुन्छ। चिकित्सकको सल्लाहबिना भिटामिन डी सप्लिमेन्ट पनि खानु हुँदैन। नियमित व्यायामले रक्तचाप र शरीरको तौललाई नियन्त्रण गर्छ। जसले पत्थरीको जोखिम कम गर्छ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ९ : ०५ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको