इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटनहम हट्सपरलाई ४–२ गोलले हराउँदै लिभरपुलले जित निकालेको हो ।

लिभरपुलका मोहम्मद सलाह, इन्ड्रयु रोबर्टसन, कोडी गाक्पोहार्वे इलियटले एक–एक गोल गरेका थिए । टोटनहमका रिचार्लिसन र सन ह्युङ–मिनले एक–एक गोल फर्काएका थिए ।

खेलमा लिभरपुलले लगातार ४ गोल गरेपछि टोटनहमले २ गोल फर्काएको थियो । खेलको १६औँ मिनेटमा लिभरपुलका सलाहले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै, ४५औँ मिनेटमा रोबर्टसन, ५०औँ मिनेटमा गाक्पो र ५९ मिनेटमा इलियटले गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाएका थिए ।

त्यसपछि टोटनहमका रिचार्लिसनले ७२औँ मिनेटमा गोल गर्दै टोलीलाई ४–१ को अवस्थामा ल्यए । यस्तै, ७७औँ मिनेटमा ह्युङ–मिनले गोल गरे पनि लिभरपुलसँगको हारलाई टार्न सकेनन् ।

यो जितसँगै लिभरपुल ३६ खेलबाट ८१ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ । ३५ खेल खेलेको टोटनहम ६९ अंकका साथ पाँचौँ स्थानमा छ ।

यस्तै, पहिलो स्थानमा रहेको आर्सनलको ८३ अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ८२ अंक छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : ४३ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट