इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै « Khabarhub

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।

खेल इंग्ल्याण्डको एल्डरशट टाउनको इबीबी स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

टोलीको कप्तानी गोलरक्षक किरणकुमार लिम्बुले गर्नेछन् । अन्य गोलकिपरमा अभिषेक बराल र विशाल सुनार रहेका छन्।

यस्तै, डिफेन्डरमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन् ।

मिडफिल्डरमा फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लकेन लिम्बू रहेका छन् भने फरवार्डको जिम्मेवारी दिनेश हेन्जन, अन्जन विष्ट, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्टले सम्हाल्ने छन् ।

नेपालले यसअघि शनिबार ब्रिटिश आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १० : २९ बजे

युक्रेन युद्ध रूसका लागि तीनगुणा असफलता : राष्ट्रपति म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन विरुद्धको रुसी राष्ट्रपति भ्लादिमिर

साढे ११ हजार घुससहित यातायात अधिकृत र लेखापढी व्यवसायी पक्राउ

हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत

सहज छैन झापा-३ मा लिङ्देनको ह्याट्रिक !

काठमाडौं- झापा क्षेत्र नम्बर ३ मा ह्याट्रिक गर्ने दाउसहित राष्ट्रिय

उपत्यकामा हल्का वर्षा

काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहानदेखि हल्का वर्षा भएको छ ।