सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनशन स्थगित  « Khabarhub

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनशन स्थगित 


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनशन बसेका परिवारले १७औँ दिनमा अनशन तोडेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट माग पूरा गर्न सरकारले कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता जनाएपछि  उनीहरुले आइतबार अनशन तोडेका हुन् ।

आफन्तको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र सेनामा रहेकाको करार रद्ध गर्न माग गर्दै उनीहरू शान्तिवाटिकामा आमरण अनशनमा रहेका थिए ।

प्रधानमन्त्रीका जनसम्पर्कविज्ञ बुद्धि जिसीलगायत प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालयका अधिकारी गएर अनशन तोडाएका थिए ।

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीका अनुसार प्रधानमन्त्रीले पीडित परिवारका माग पूरा गर्न कूटनीतिक प्रयास तीव्र बनाउने प्रतिबद्धता जनाएपछि आमरण अनशन स्थगित गरेको बताइन्  ।

उनी भन्छिन्, ‘हालको अनसन स्थगित गरे पनि हामी न्यायको आवाज अन्य तरिका  जारी राख्नेछौँ ।’ भण्डारीको नेतृत्वमा परिवारले सिंहदरबार घेराउदेखि रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका थिए ।

रुसी सेनामा रहेकाहरूले करार रद्ध गरेपछि पनि नेपाल फर्काउन सरकारबाट प्रयास नभएको, मृतकका परिवारलाई क्षतिपूर्तिका लागि प्रभावकारी कूटनीतिक अग्रसरता नदेखाएको भन्दै उनीहरूले माग पूरा गराउन अनशन सुरु गरेका थिए ।

संयोजक भण्डारीका अनुसार हालसम्म रुसमा कार्यरत ६२० मध्ये ३९ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । त्यस्तै, १८ जना मृत्यु भएको भनिएको तर पुष्टि हुन बाँकी रहेको छ । पाँच जना युक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् ।

रुसी सेनामा करार सम्झौता रद्ध गरेका नौ जना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १२ : ३२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब