अफगानिस्तानमा बाढीका कारण १४ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा बाढीका कारण १४ जनाको मृत्यु


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४०  आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजार भन्दा बढी गाईवस्तुको मृत्यु भएको छ । 

 टोलो न्युजका अनुसार विगत तीन दिनमा वर्षाका कारण लगभग १४ जना नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बाढीले आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्  ।

यसैबीच, सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडकहरू भूस्खलन र बाढीका कारण अस्थायी रूपमा अवरुद्ध भएको बताएका छन् ।

“बाढी र भूस्खलनका कारण अस्थायी रूपमा बन्द गरिएका तखर, बदख्सान, घोर र नुरिस्तान प्रान्तका धेरैवटा सडकहरु खुलाउने काम भइरहेको छ,” उनले बताए । निरन्तरको भारी वर्षाको कारण स्थानीयबासीको धेरै नोक्सानी भएको छ । 

बाढीमा परेर बालबालिकाको मृत्यु भएको, जमिन र पुलहरू नष्ट भएको फराह प्रान्तका एक बासिन्दाले जनाए । बाढीबाट भएको जनधनको क्षतिलाई तत्काल सम्बोधन गर्न सरकार समक्ष स्थानीयवासीले आग्रह गरेका छ । 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १२ : ५८ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट