चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत | Khabarhub Khabarhub

चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गर्ने निर्णय लिएको छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई फाइदा दिने गरी ‘कोल्ड ड्रिंक्स’ निषेध गरेर दही-मही प्रवर्द्धन कार्यक्रम ल्याइएको बताएका छन् ।

‘सुरुदेखि नै गाउँपालिकामा हामीले यो निर्णय गरेका थियौँ । गर्मीमा अत्यधिक प्रयोग गरिने ‘कोल्ड ड्रिङ्कसभन्दा दही-मही प्रयोग गर्न प्रोत्साहन गर्दैछौँ’, उनले भने, ‘स्थानीय उत्पादनको प्रवर्द्धनका लागि काम गरेका हौँ । अब अरू सरकारी कार्यालयमा पनि सर्कुलर गर्दैछौँ ।’

चिकित्सकहरूले पनि इच्छाकामनाको यो निर्णयको स्वागत गरेका छन् । चिनीको मात्रा अत्यधिक हु्ने कोल्ड ड्रिङ्क्सभन्दा दही-मही उत्कृष्ट पेय भए पनि यसको गुणस्तरमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

चिकित्सकहरूले दही-मही र दूध बजारसम्म लैजाँदा सफाइ र प्याकेजिङमा ख्याल गर्न पनि सुझाएका छन् ।

गाउँपालिका अध्यक्ष गुरुङले सरसफाइ र प्याकेजिङको गुणस्तरमा विशेष ध्यान दिन अनुगमन गरिने बताए ।

इच्छाकामना गाउँपालिकाले जाडो मौसममा दूधचियाले पाहुनालाई स्वागत गर्ने भएको छ ।

गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले पालिकाभित्र सबै किसिमका आयातित पेय पदार्थ निषेध गरिसकेको छ । उक्त निर्णयअनुसार गाउँपालिकाले कार्यक्रम हुँदा हरेक पटक १० लिटरसम्म दही-मही किन्ने गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : ०७ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने