राजबहादुर हत्या प्रकरण : क्रान्तिकारी अध्यक्ष सिंहविरुद्ध कर्तव्य ज्यान मुद्दा नचल्ने « Khabarhub

राजबहादुर हत्या प्रकरण : क्रान्तिकारी अध्यक्ष सिंहविरुद्ध कर्तव्य ज्यान मुद्दा नचल्ने


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहलाई कर्तव्य ज्यान मुद्दा नचलाइने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले सिंहसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा नचलाउने निर्णय गरेको हो । कार्यालयले सिंहसहित ती ५ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रमाणहरू नदेखिएको दाबी गरेको छ ।

२०६५ साल फागुन २६ कालिकोटका राजबहादुर मल्ललाई खुकुरी प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न भएको भन्दै जिल्ला अदालत सुर्खेतले गत वर्ष सिंहसहित ६ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।

सिंहसहित गुराँस उपनामका बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरुद्ध हत्या आरोप लागेको थियो ।

सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीले पूरक जाहेरीमा उल्लेखित टाइगर भनिने पदमबहादुर रावत र नरेश सिंह उपनामका मेहरमान सिंहविरुद्ध मात्रै यही वैशाख १८ गते कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत सुर्खेतमा दर्ता भइसकेको छ ।

विद्यार्थी संगठनमा संलग्न राजबहादुर मल्लमाथि २०६५ फागुन २६ मा बेलुका सुर्खेत बसपार्कमा आक्रमण भएको थियो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । परिवारले उनको हत्यामा सिंहसहितका व्यक्ति संलग्न रहेको आरोपमा प्रहरीमा उजुरी दिएको थियो ।

के थियो घटना?

कालिकोटका राजबहादुर मल्ल सुर्खेतको जन उच्च माद्यमिक विद्यालय कक्षा ११ मा पढ्दै थिए। त्यसबेला उनी १७ वर्षका थिए ।

कालिकोटको पाखास्थित विद्यालयबाट एसएलसीमा प्रथम भएर उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका उनको २०६५ फागुन २६ गते माओवादी लडाकु र अखिल क्रान्तिकारीका विद्यार्थीले ज्यान लिएका थिए ।

राजबहादुर हत्या प्रकरणमा पञ्चा सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । राजबहादुरको हत्या आरोपमा अध्यक्ष सिंहसहित ६ जनाविरूद्ध २०७९ साउन १३ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यही पक्राउ पुर्जीका आधारमा प्रहरीले २०८० माघ ९ गतेबाट सिंहसहितको खोजी थालेको थियो ।

उक्त घटनामा परिवारले किटानी जाहेरी दिएपछि महाबै गाउँपालिकाका पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाँडाचक्र नगरपालिकाका सुभाष भनिने वीरबहादुर मल्ल र अशोक भनिने अलि कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : २१ बजे

एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड

जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन

काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो

एन्टिबायोटिकको दुरुपयोगले हरेक वर्ष १३ लाखको मृत्यु : कसरी बच्ने ?

आधुनिक चिकित्सा विज्ञानले विश्वभर नै स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको