राजबहादुर हत्या प्रकरण : क्रान्तिकारी अध्यक्ष सिंहविरुद्ध कर्तव्य ज्यान मुद्दा नचल्ने « Khabarhub

राजबहादुर हत्या प्रकरण : क्रान्तिकारी अध्यक्ष सिंहविरुद्ध कर्तव्य ज्यान मुद्दा नचल्ने


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहलाई कर्तव्य ज्यान मुद्दा नचलाइने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले सिंहसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा नचलाउने निर्णय गरेको हो । कार्यालयले सिंहसहित ती ५ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रमाणहरू नदेखिएको दाबी गरेको छ ।

२०६५ साल फागुन २६ कालिकोटका राजबहादुर मल्ललाई खुकुरी प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न भएको भन्दै जिल्ला अदालत सुर्खेतले गत वर्ष सिंहसहित ६ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।

सिंहसहित गुराँस उपनामका बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरुद्ध हत्या आरोप लागेको थियो ।

सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीले पूरक जाहेरीमा उल्लेखित टाइगर भनिने पदमबहादुर रावत र नरेश सिंह उपनामका मेहरमान सिंहविरुद्ध मात्रै यही वैशाख १८ गते कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत सुर्खेतमा दर्ता भइसकेको छ ।

विद्यार्थी संगठनमा संलग्न राजबहादुर मल्लमाथि २०६५ फागुन २६ मा बेलुका सुर्खेत बसपार्कमा आक्रमण भएको थियो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । परिवारले उनको हत्यामा सिंहसहितका व्यक्ति संलग्न रहेको आरोपमा प्रहरीमा उजुरी दिएको थियो ।

के थियो घटना?

कालिकोटका राजबहादुर मल्ल सुर्खेतको जन उच्च माद्यमिक विद्यालय कक्षा ११ मा पढ्दै थिए। त्यसबेला उनी १७ वर्षका थिए ।

कालिकोटको पाखास्थित विद्यालयबाट एसएलसीमा प्रथम भएर उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका उनको २०६५ फागुन २६ गते माओवादी लडाकु र अखिल क्रान्तिकारीका विद्यार्थीले ज्यान लिएका थिए ।

राजबहादुर हत्या प्रकरणमा पञ्चा सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । राजबहादुरको हत्या आरोपमा अध्यक्ष सिंहसहित ६ जनाविरूद्ध २०७९ साउन १३ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यही पक्राउ पुर्जीका आधारमा प्रहरीले २०८० माघ ९ गतेबाट सिंहसहितको खोजी थालेको थियो ।

उक्त घटनामा परिवारले किटानी जाहेरी दिएपछि महाबै गाउँपालिकाका पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाँडाचक्र नगरपालिकाका सुभाष भनिने वीरबहादुर मल्ल र अशोक भनिने अलि कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : २१ बजे

राष्ट्रिय परिचय नम्बरमार्फत स्वास्थ्य बीमा सेवा डिजिटल बनाइँदै

काठमाडौं– स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य

प्रधानमन्त्री र गृहमन्त्रीले गरे जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सुरु गरिएको

राष्ट्रियसभा अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच संसदीय सहकार्यबारे छलफल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम– मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको