कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उहाँका अनुसार निजलाई जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको टोलीले धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो । 

पक्राउ परेका बराकोटीले पीडितलाई सरकारबाट श्रम स्वीकृति लिन लगाएपछि वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भनी झुक्याएर विसं २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको विमानस्थलमा देखाउने कागजात फरक बनाइ पठाएको, कुवेतको विमानस्थलमा पुगेपश्चात् जाहेरवालाको सक्कल नेपाली राहदानीलगायत कागजात नियन्त्रणमा लिई श्रीलंकन मूलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्‍याइ बेचविखन गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रवक्ता ढकालले जानकारी दिए ।

पक्राउ परेका बराकोटी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरुको समेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  २ : ०४ बजे

आईपिएल २०२४ : सुनिललाई प्लेयर अफ द सिरिजको उपाधि, कसले के पाए ?

काठमाडौं – आइतबार राति फाइनलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादमाथि

सञ्चार मन्त्रालयको मिलेमतोमा इन्टरनेट कम्पनीलाई विदेशी मुद्रा सटही दिएको आशंका

काठमाडौं– सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग

विद्यार्थीलाई मासिक पाँचहजार अध्ययन खर्च

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका दुई चेपाङ विद्यार्थीलाई अध्ययन खर्च

चितवनमा चार सवारी साधन ठोक्किँदा एकजनाको मृत्यु, २२ जना घाइते

चितवन– चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गएराति चार

विश्वकप वार्मअप : आज नेपाल र क्यानडा खेल्दै

काठमाडौं– आइसीसी टी–२० विश्वकप क्रिकेट अघिका वार्मअप खेल आजदेखि सुरु